logo

राष्ट्रिय औद्योगिक सर्वेक्षण : ६० हजारभन्दा धेरै प्रतिष्ठान सञ्चालनमा, चारलाखलाई रोजगारी

    1107   पटक पढिएको

२४असार/अर्थ र व्यापार – नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
यस्ता औद्योगिक प्रतिष्ठान मध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । यसैगरि, खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् ।
यस्ता उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिहरुको संख्या ४ लाख ९१ हजार २ सय २७ रहेको छ । जसमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ४ लाख ४४ हजार ९ सय ६४ जना आवद्ध छन् । यस्ता उद्योगहरुबाट रोजगार पाएका व्यक्तिको संख्या ३ लाख ८१ हजार ६ सय ८७ रहेको छ ।
तथ्याङ्क विभागले २०७५ साउन १ गतेदेखि २०७६ असार अर्थात् आर्थिक वर्ष २०७५÷७६ को सर्वेक्षणमा आधारित विवरण शुक्रबार सार्वजनिक गरेको हो । यो अवधिसम्ममा सञ्चालित उद्योगहरुको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ बराबर देखिन्छ ।
नयाँ तथ्यांक अनुसार ७६ प्रतिशत उद्योग प्रतिष्ठानहरु वर्षमा २ सय ७० दिन सञ्चालन हुने गरेको देखिएको छ । त्यस्तै १९ प्रतिशत उद्योग प्रतिष्ठानहरु १ सय ८० देखि २ सय ६९ दिन, ४ प्रतिशत उद्योगहरु ९० देखि १ सय ७९ दिन र बाँकी १ प्रतिशत उद्योगहरु वार्षिक ९० भन्दा कम दिन मात्रै सञ्चालनमा रहेको देखिएको छ ।
त्यसैगरी, पूर्ण क्षमतामा उत्पादन गरिरहेका उद्योगहरुको संख्या ३९.९ प्रतिशत रहेको छ । १८.७ प्रतिशत उद्योगले ७५ देखि ९९ प्रतिशत, २९.१ प्रतिशत उद्योगले ५० देखि ७४ प्रतिशत, १०.३ प्रतिशत उद्योगले २५ देखि ४९ प्रतिशत र बाँकी २५ प्रतिशत भन्दा कम उत्पादन क्षमतामा सञ्चालन भइरहेको देखिएको छ ।
विभागका अनुसार नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको हो । यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।