logo

राष्ट्रिय औद्योगिक सर्वेक्षण : ६० हजारभन्दा धेरै प्रतिष्ठान सञ्चालनमा, चारलाखलाई रोजगारी

    1348   पटक पढिएको

२४असार/अर्थ र व्यापार – नेपालमा कुल ६० हजार १ सय ८५ वटा औद्योगिक प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६’ मार्फत यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
यस्ता औद्योगिक प्रतिष्ठान मध्ये उत्पादन क्षेत्रमा सबैभन्दा बढी ५६ हजार ६ सय ११ वटा उद्योग सञ्चालनमा छन् । यसैगरि, खानी तथा उत्खनन् क्षेत्रमा ३ सय ५६ वटा, विद्युत् तथा ग्यास उत्पादनमा ९ सय ९४ वटा, पानी आपूर्ति, ढल निकास र फोहरमैला व्यवस्थापन क्षेत्रमा २ हजार २ सय २४ वटा उद्योग प्रतिष्ठानहरु सञ्चालनमा छन् ।
यस्ता उद्योग प्रतिष्ठानमा संलग्न व्यक्तिहरुको संख्या ४ लाख ९१ हजार २ सय २७ रहेको छ । जसमध्ये उत्पादन क्षेत्रमा सबैभन्दा धेरै ४ लाख ४४ हजार ९ सय ६४ जना आवद्ध छन् । यस्ता उद्योगहरुबाट रोजगार पाएका व्यक्तिको संख्या ३ लाख ८१ हजार ६ सय ८७ रहेको छ ।
तथ्याङ्क विभागले २०७५ साउन १ गतेदेखि २०७६ असार अर्थात् आर्थिक वर्ष २०७५÷७६ को सर्वेक्षणमा आधारित विवरण शुक्रबार सार्वजनिक गरेको हो । यो अवधिसम्ममा सञ्चालित उद्योगहरुको कुल सम्पत्ति ६ खर्ब १९ अर्ब ५१ करोड रुपैयाँ बराबर देखिन्छ ।
नयाँ तथ्यांक अनुसार ७६ प्रतिशत उद्योग प्रतिष्ठानहरु वर्षमा २ सय ७० दिन सञ्चालन हुने गरेको देखिएको छ । त्यस्तै १९ प्रतिशत उद्योग प्रतिष्ठानहरु १ सय ८० देखि २ सय ६९ दिन, ४ प्रतिशत उद्योगहरु ९० देखि १ सय ७९ दिन र बाँकी १ प्रतिशत उद्योगहरु वार्षिक ९० भन्दा कम दिन मात्रै सञ्चालनमा रहेको देखिएको छ ।
त्यसैगरी, पूर्ण क्षमतामा उत्पादन गरिरहेका उद्योगहरुको संख्या ३९.९ प्रतिशत रहेको छ । १८.७ प्रतिशत उद्योगले ७५ देखि ९९ प्रतिशत, २९.१ प्रतिशत उद्योगले ५० देखि ७४ प्रतिशत, १०.३ प्रतिशत उद्योगले २५ देखि ४९ प्रतिशत र बाँकी २५ प्रतिशत भन्दा कम उत्पादन क्षमतामा सञ्चालन भइरहेको देखिएको छ ।
विभागका अनुसार नेपालको अर्थतन्त्रलाई विभिन्न १७ वटा क्षेत्रमा बाँडेर औद्योगिक गणना गरिएको हो । यो सर्वेक्षणका लागि १३ हजार १ सय ३९ वटा उद्योग प्रतिष्ठानलाई सहभागी गराइएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।