७ भदौ/अर्थ र व्यापार– साताभरिनै शेयर वजार घट्ने क्रमले निरन्तरता पायो । साता शुरुवातदेखिनै घटेको शेयर बजार साताको अन्तिम कारोबारको दिन पनि घटेको छ । साताभरिमा ३१.८२ अङ्कले शेयर वजार घटेको हो । विहिवार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.९२ अंकले घटेर ११७८.५० अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५४ अंकले घटेर २४८.९९ अंकमा झरेको छ । बिहीबार सूचक घटेको भए पनि कारोबार रकममा भने वृद्धि देखिएको छ। बिहीबार १५९ कम्पनीका १० लाख २० हजार कित्ता शेयर २७ करोड ७३ लाख रुपैयाँमा कारोबार भयो । यो वुधवारको भन्दा ११ करोड रुपैयाँ बढीको कारोबार हो ।
६ भदौ/अर्थ र व्यापार– साताको सुरुदेखीनै निरन्तर ओरालो लागेको शेयर वजारले बुधवार पनि निरन्तरता पाएको छ । आज बुधबार पनि १.४७ अंकको गिरावटसँगै ११८२.४२ अंकमा रोकिएको छ । बुधबार कारोबार सुरु भएको १५ मिनेटसम्म हरियो रहेको शेयर बजार त्यसपछि घट्ने क्रममै बन्द भएको हो । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । बुधवार १५३ वटा कम्पनीहरुको १६ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
५ भदौ/अर्थ र व्यापार– आईतवार देखिनै घटेको शेयर बजार आज मंगलबार पनि सूचक सँगै कारोबार रकममा समेत गिरावट आएको छ । मंगलबार कारोबारको सुरुवात देखिनै बजार घट्ने क्रममा देखिएको थियो । कारोबारको अन्त्यमा थोरै अंकको सुधार देखिएको भएपनि अन्तमा बजार घटेरै बन्द भएको छ । मंगलबार शेयर बजार मापक सूचक ४.२० अंकले घटेर ११८३.८७ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३२ अंकले घटेर २४९.९४ अंकमा झरेको छ । मंगलबार १६१ कम्पनीका पाँच लाख ६१ हजार कित्ता शेयर १७ करोड ८७ लाख रुपैयाँमा कारोबार भयो । अघिल्लो दिनको तुलनामा कारोबार रकम २० प्रतिशतले कम हो ।
३ भदौ/अर्थ र व्यापार– आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । साउन एकगतेपछि बजार गत बुधवार मात्रै १२०९ अंकमा उक्लिएको थियो तर आइतबार पुनः ११ सयको लाइनमा झरेको छ । आइतबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १४.०३ अंकले घटेर सूचक ११९६.२९ अंकमा झरेको छ । क वर्गको कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.८५ अंकले घटेर २५२.५३ अंकमा झरेको छ । आइतबार १६० कम्पनीको १५ लाख ६४ हजार कित्ता शेयर ३२ करोड ५२ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी ग्रामीण विकास लघुबित्त विकास बैंकको तीन करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
३१ साउन/अर्थ र व्यापार– साताको अन्तिम दिन विहिवार शेयर बजारमा तिव्र उतारचढावका बजार बीच झिनो अंकले बढेर बन्द भएको छ । कारोबार सुरु भएको १० मिनेटमा ८ अंकभन्दा धेरैको सुधार देखिएको बजार तिब्र उत्तरचढावका अन्तिम समयमा एक अंकभन्दा कमको बृद्धि संगे बजार बन्द भएको छ । गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख्य सुधार गरेका नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक तथा एनएमबी बैंकको कारोबार रकम बढेको छ । आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८९ लाख रुपैयाँको भएको छ ।
३० साउन/अर्थ र व्यापार- उत्साहजनक २८ अंकको फड्को मारेर शेयर बजार १२ सय अंकमाथि उक्लिएको छ । तीन दिनयता शेयर बजार निरन्तर बढिरहेको छ । बुधबार सुचकमा २८.७३ अंकले बृद्धी भएको हो । बुधवार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक १२०९.७१ अंकमा उक्लिएको छ । इन्भेष्टर फोरमका पूर्व अध्यक्ष डा. आत्माराम घिमिरेले बैक वित्तीय संस्थाको चौमासिक वित्तीय विवरण सार्वजनिक भएको र त्यसले लगानीकर्तालाई सकारात्मक सन्देश दिएकोले बजार बढेको जानकारी दिए । बुधवार १६५ कम्पनीका १० लाख ६८ हजार कित्ता शेयर ३६ करोड रुपैयाँमा कारोबार भया े। सवैभन्दा धेरै नाफा गरेको वित्तीय विवरण सार्वजनिक गरेको नबिल बैकको सबैभन्दा बढी कारोबार भयो । प्रति कित्ता २८ रुपैयाँ वृद्धि हुँदा बैंकको एक करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
२७ साउन/अर्थ र व्यापार– आईतवार कारोबार सुरु भएदेखि नै घट्न थालेको शेयर बजार साढे दुई बर्षयताकै न्यून बिन्दु १६६३ मा झरेको छ । आइतबार एकै दिन १.३७ प्रतिशतले बजार घट्दा नेप्से सूचक ११६३ अंकमा झरेको हो । आइतबार २०७२ पौष २३ गतेको सूचकभन्दा तल झरेको हो । पौष २३ गते नेप्से सूचक ११६४.१४ अंक थियो । यस्तै गत चैतमा पनि नेप्से सूचक ११६८.६२ विन्दुमा झरेको थियो । सूचकमा धेरै घट्दा कारोबार रकम भने गत साताको भन्दा केहि सुधार देखिएको छ । २५ करोड २ लाख रुपैयाँको कारोबार भएको छ । व्यापार र होटलको उपसूचक बाहेक अन्य सबै सूचक तथा उपसूचक घटेका छन् । सबैभन्दा धेरै जीवन बीमाको उपसूचक ३.३५ प्रतिशतले घटेको छ भने व्यापारको उपसूचक १.०५ प्रतिशतले बढेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सबै भन्दा धेरै तीन करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । आरम्भ माइक्रोफाइनान्सका शेयरधनीले ३.८७ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा मल्टि पर्पोजफाइनान्स, सपोर्ट माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको कारोबारमा सर्किट लागेको हो ।
२४ साउन/अर्थ र व्यापार– साताको पहिलो दिन देखिनै घट्न थालेको शेयर बजार कारोबारको अन्तिम दिन बिहीबार पनि घटेरै बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ६.६९ अंकले घटेर ११८०.६३ अंकमा झरेको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३७ अंकले घटेर २४९.१३ अंकमा झरेको छ । कारोबारको पहिलो आधा घण्टामा एक अंकको सुधार देखिएपनि त्यसपछि लगातार वजार घटेको हो । बिहीबार १६३ कम्पनीका आठ लाख ६९ हजार कित्ता शेयर १९ करोड ६९ लाख रुपैयाँमा खरिद बिक्री भयो । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दुई करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
१७ साउन/अर्थ र व्यापार– साताको अन्तिम दिन शेयर बजारमा कारोबार सूचक २.५६ अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि २० करोड ७९ लाख रुपैयाँमा खुम्चिएको छ । बैंकिङ र उत्पादन तथा प्रसोधनका उपसूचक बाहेक सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन्। बैंकिङ ०.७१ अंक र उत्पादन तथा प्रसोधन १.१७ अंकले मात्रै सुधार देखिएको छ। सबै भन्दा धेरै निर्जीवन बिमा कम्पनीहरुको उपसूचक ५७.३७ अंकले घटेको छ । सबै भन्दा धेरै सानिमा माइ हाइड्रोपावर कम्पनीको तीन करोड २८ लाख रुपैयाँको कारोबार भएको छ। सबै भन्दा धेरै वेष्ट फाइनान्सका शेयरधनीले ४.०८ प्रतिशतले कमाएका छन् भने सबै भन्दा धेरै गुमाउने क्रममा सिटी एक्सप्रेसको कारोबार मै सर्किट लागेको छ।
१६ साउन/अर्थ र व्यापार– दुईदिन देखी लगातार गिरावट आएको शेयर वजारमा बुधवार आंशिक सुधार आएको छ । शेयर बजार मापक सूचक २.४० अंकले बढेर ११९३.८७ अंकमा उक्लिएको छ । दुई दिनको गिरावट पछि शेयर बजारमा झिनो अंकको सुधार देखिएको हो। बुधवार शेयर बजारमा १५४ कम्पनीका शेयर २२ करोड रुपैयाँमा खरिद बिक्री भए । नेको इन्स्योरेन्स कम्पनीको मात्रै संस्थापक शेयर साढे चार करोड रुपैयाँको खरिद बिक्री भएको छ ।
१५ साउन/अर्थ र व्यापार– मंगलबार शेयर बजारमा २.९१ अंकको गिरावटसँगै सुचक ११९१.४७ अंकमा झरेको छ । विकास बैंक, जलविद्युत र फाइनान्स समूहबाहेक सबै उपसुचक रातो भएका छन् । शेयर बजारमा दिनभरीमा जम्मा १६ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । बजार सुरुमा ११९६ अंकसम्म पुगेको थियो । अन्तिमतिर २.९१ अंकको गिरावटसँगै सुचक ११९१.४७ अंकमा झरेको हो । दिनभरीमा १६३ कम्पनीका ५ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच भएका छन् ।
१४ साउन/अर्थ र व्यापार– शेयर बजार १.११ अंकको गिरावटसँगै ११९३.७१ बिन्दुमा रोकिएको छ । कारोबार सुरु भएदखि नै बजारमा समान्य सुधार देखिएपनि पछि बजार निरन्तर ओरालो लाग्दा नेप्सेमा गिरावट आएको हो । सुचकमा सामान्य गिरावट देखिए पनि कारोबार रकम भने २८ करोड ७४ लाख रुपैयाँ नाघेको छ । आईतबारको तुलनामा कारोबार १० करोड २५ लाख रुपैयाँले बढी भएको छ । आईतबार १८ करोड ४९ लाख रुपैयाँको कारोबार भएको थियो । बैंकिङ, विकास बैंक, फाइनान्स, उत्पादन तथा प्रसोधन र माइक्रोफाइनान्सको उपसूचक बढे पनि होटल हाइड्रोपावर निर्जीवन बीमा कम्पनी अन्य र जीवन बीमा कम्पनीहरुको उपसूचक भने घटेका छन् ।
१३ साउन/अर्थ र व्यापार– साताको पहिलो दिन आइतबार शेयर बजारमा आंशिक बृद्धी देखिएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ३.६२ अंकले बढेर ११९४.८२ अंकमा उक्लिएको छ । आइतबार १५३ कम्पनीका सात लाख ८१ हजार कित्ता शेयर १८ करोड ४९ लाख रुपैयाँमा कारोबार भयो । सबैभन्दा बढी जलविद्युत लगानी तथा विकास कम्पनीको एक करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
१३ साउन/अर्थ र व्यापार– नेपाल राष्ट्र बैकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई मार्जिन कारोबार गर्नका लागि बाटो खोलिदिएसँगै नेप्सेले मार्जिन कारोबारलाई कार्यान्वयनमा लैजाने भएको छ । नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार मार्जिन कारोबार सुरु गर्न केन्द्रीय बैकसँग अनुमति मागेको थियो । नेप्सेको माग अनुरूप केन्द्रीय बैकले मार्जिन कारोबार गर्ने कम्पनीले आँफूसँग अनुमति लिनु पर्ने प्रावधान सहित नेप्सेलाई कारोबार सुरु गर्न बाटो खोलिदिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए।
८ साउन/अर्थ र व्यापार– सोमबार दोहोरो अंकले बृद्धि भएको शेयर बजार मंगलबार १८ अंकको बृद्धि टिक्न नसक्दा ४.७७ अंकको मात्रै सुधार देखिएको छ । कारोबार सुरु भएदेखिनै बढ्न थालेको शेयर बजार १ बजेर ३८ मिनेट सम्ममा १८ अंकको सुधार देखिएको भए पनि त्यसपछि विस्तारै करेक्सन हुँदै ०.४० प्रतिशतको बृद्धिमा खुम्चिएको हो । बजारमा केहि उतार चढावसँगै २९ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ ।
७ साउन/अर्थ र व्यापार– सोमबार कारोबार मापक सूचक दोहोरो अंक १२.८४ ले बढेर ११९४.५० अंकमा उक्लिएको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.४६ अंकले बढेर २५१.३२ अंकमा पुगेको छ । सोमबार कारोवारको सुरुवात देखिनै बजारमा सुधार देखिएको थियो । ११८१ अंकबाट सुरु भएको बजारमा कारोबारको तेस्रो घण्टासम्म सामान्य सुधार देखिएको थियो । तर तेस्रो घण्टापछि बजारले तीव्र गतिमा वृद्धि कायम गर्दा अन्तमा बजार दोहोरो अंकको वृद्धि सँगै बन्द भएको छ ।
६ साउन/अर्थ र व्यापार– आइतबार शेयर बजार मापक सूचक ११.७३ अंकले घटेर ११८१.६६ अंकमा ओर्लिएको छ । क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.५६ अंकले घटेर २४८.८६ अंकमा झरेको छ । आइतबार कारोबारमा आएका सबैजसो उपसूचक घट्दा समग्र बजार घटेको हो ।
६ साउन/अर्थ र व्यापार– गत आर्थिक बर्षमा शेयर बजारका लगानीकर्ताले तीन खर्ब ४४ अर्ब रुपैयाँले गुमाएका छन् । अघिल्लो असारभन्दा गत वर्षको असारसम्ममा बजार पूँजीकरण २१.७१ प्रतिशतले घटेको छ । त्यस्तै सूचक पनि २१.५३ प्रतिशतले घटेको छ । साथै गत असारमामात्रै लगानीकर्ताले १९ अर्ब रुपैंया गुमाएको छ ।
२ साउन/अर्थ र व्यापार– नेप्सेमा नेतृत्वको तनाव र प्रविधिक गडबडी एकैसाथ हु‘दा बुधबार कारोबार प्रभावित भएको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश मार्फत मंगलबार हाजिर गरेर फर्किएका साउदलाई नेप्सेमा हाजिर गर्नबाट रोकिनु र नेप्सेमा प्रविधिक गडबडी एकैसाथ हुदा लगानीकर्ताले खुलेर कारोबार गर्न नसक्दा कारोबार रकममा समेत त्यसको प्रभाव देखिएको हो ।
१ साउन/अर्थ र व्यापार– शेयर बजारमा लामो समयदेखि प्रतिक्षीत अनलाइन प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो कारोबार तथा अनलाइन प्रणाली आएको दिनमा शेयर बजारमा ८.०३ अंकले गिरावट आएको छ । अंकसँगै कारोबार रकम पनि २० करोड ६० लाख रुपैयाँमा खुम्चिएको छ ।
३१ आषाढ/अर्थ र व्यापार– चालु आर्थिक वर्षको अन्तिम दिन शेयर बजारमा १२.२७ अंकको सुधार आएको छ । यस आर्थिक बर्षभरीमा ३९१.७९ अंकले बजार घटेको छ । चालु आर्थिक वर्षको अन्तिम दिन ३१ करोड ८५ लाख रुपैयाँको कारोबार सहित १२१२.३६ अंकमा रोकिएको छ । सम्पुर्ण सूचक तथा उपसूचक उकालो लागे पनि अन्य उपसूचक भने ०.३८ प्रतिशतले घटेको छ ।
२८ आषाढ/अर्थ र व्यषपार– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेपछि शेयर बजारमा गिरावट देखिन थालेको छ । बिहीबार पनि बजार घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता समस्या समाधान उन्मुख मौद्रिक नीति आएको प्रतिकृया आइरहेका बेला शेयर बजार १३.६६ अंकले घटेको छ । १.१३ प्रतिशतले घटेको शेयर बजारमा ४५ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ।
२७ आषाढ/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत शेयर वजारलाई सम्बोधन गर्ने आसमा बसेका लगानीकर्ताहरु मौद्रिक नीतिले अपेक्षाकृत सम्बोधन नगरेपछि १५ अंकले बढेको बजार पुनः ०.२९ अंकले घटेको छ । मार्जिन लोनको सीमा नघटाएर मार्जिन कलको मात्रै सीमा घटाएपछि बिहानदेखि सुधार देखिएको बजार टिक्न सकेन ।
२६ आषाढ/अर्थ र व्यापार– मंगलबार कारोबार सूरु भएदेखिनै घट्न थालेको बजार अन्तिममा ०.५० अंकले घटेर बन्द भएको छ । खुलेदेखि नै घटेको वजारमा एक समय ७ अंकको बृद्धि भएको थियो। तर साढे एक बजेपछि बजार पुनः घट्न थालेको बजार अन्तिमसम्मा ०.५० अंकले घटेको छ ।
२५ आषाढ/अर्थ र व्यापार– गत सोमबारदेखि शेयर बजारलाई सहयोग पुग्ने गरी मौद्रिक नीति ल्याउने तयारी गरेको भन्दै एक सातामा ४५ अंकले बढेको शेयर बजार हिजो र आज एकाएक घटेको छ । नेपाल सरकारले नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई हटाएर अर्थ उपसचिव रमेश अर्याललाई स्टक एक्सचेन्जमा नियूक्ती गरेपछि सोमवार शेयर वजार १७.९६ अंकले घटेको हो ।