११ बैशाख /अर्थ र व्यापार - बुधबार शेयर बजारमा नेप्से परिसूचक १९.१४ अंकले बढेर १२७९.२९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भई ९५ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार ९ करोड ९ लाख रुपैयाँ भएको छ । जसको बजार मुल्य ३१२ रुपैयाँ रहेको छ ।
त्यस्तै यस दिन सर्वाधिक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वाधिक गुमाउनेमा राद्यी जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव ९३ प्रतिशतले घटेको छ ।
यस दिन १० वटा उपपरिसुचकहरुमा ८ वटा समूहहरु बढेका छन् भने २ वटा समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया