logo

सामान्य अंकले बढ्यो नेप्से

    56   पटक पढिएको


९ पुस/अर्थ र व्यापार – सेयर बजार परिसुचक नेप्से सामान्य अंकले बढेको छ । विगत ३ दिनपछि मंगलबार नेप्से ३.२७ अंकले बढेर २५८४.४९ अंकमा पुगेको छ । कारोबारमा आएका ३२८ कम्पनीका ७६ लाख ६८ हजार ९१५ कित्ता सेयरहरु ९२ हजार ७४६ पटक किनबेच हुँदा ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ अंकमा पुग्दा कारोबार रकम ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार अन्य समूह सबैभन्दा बढी २९.४७ अंकले बढ्दा उत्पादन तथा प्रशोधन समूह २०.८२ अंकले बढेको छ । जलविद्युत समूह ९.७८ अंकले, लघुवित्त समूह ८.४१ अंकले, होटल तथा पर्यटन समूह ७.४१ अंकले, वित्त समूह ४.५३ अंकले र वाणिज्य बैंक समूह १.३७ अंकले बढेको छ ।
जीवन बीमा समूह सबैभन्दा बढी जीवन बीमा समूह १०२.८९ अंकले घटेको बजारमा निर्जीवन बीमा १७.४५ अंकले र विकास बैंक समूह ८.९५ अंकले घटेको छ ।
एसवाई प्यानलको सेयर मूल्य ७.०१ प्रतिशतले बढ्दा गुराँस लघुवित्तको सेयर मूल्य ६.०१ प्रतिशत, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ५.९६ प्रतिशतले र गरिमा विकास लघुवित्तको सेयर मूल्य ५.८५ प्रतिशतले बढेको छ ।
यता, सिटिजन्स जीवन बीमा कम्पनीको सेयर मूल्य ५.९७ प्रतिशतले घट्दा सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य ५.८७ प्रतिशतले, पियोर इनर्जीको सेयर मूल्य ४.२८, पोखरा वित्त लिमिटेडको सेयर मूल्य २.६८ प्रतिशतले र भुगोल हाइड्रोको सेयर २.४७ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा एसवाई प्यानल ३० करोड ९८ लाख १७ हजार रुपैयाँको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा पनि इसवाई प्यानल ३ लाख ९१ हजार ३७१ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।