logo

लगातार ३ पटकको सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

    99   पटक पढिएको


२५ फागुन/अर्थ र व्यापार – सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको छ ।
यसदिन नेप्से परिसूचक १ सय ६२ अंकले बढेर २८ सय ७५ विन्दुमा पुगेको छ । कुल ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्राप्त मतपरिणामबाट राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै दुई तिहाई नजिक बहुमत ल्याएपछि सेयर लगानीकर्ताको विश्वास बढेको र सोमबार सेयर बजारमा लगातार ३ पटकसम्म सकारात्मक सर्किट ब्रेक लागेको हो ।
सोमबार सेयर बजारमा लगातार तीन सकारात्मक सर्किट ब्रेक लागेसँगै सोमबारका लागि कारोबार स्थगित भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
यसदिन बजार कुल ६ प्रतिशतले बढेसँगै तेस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको थियो ।
यस दिनको कारोबारपछि नेप्से परिसूचक १ सय ६२ अंक अर्थात ६ प्रतिशतले बढेको छ । सो वृद्धिसँगै नेप्सेपरिसूचक २८ सय ७५ मा पुगेको छ भने ५५ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस निर्वाचनपछि देशभरको मतपरिणाम आउने क्रम जारी छ । हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी दुई तिहाई नजिक पुगेको छ । जसले लगानीकर्ताको विश्वास बढ्न गई बजारमा प्रभाव देखिएको छ ।
कारोबार खुलेको एक मिनेटमै पहिलो सर्किट ब्रेक लागेको थियो । २० मिनेट स्थगितपछि खुलेको बजारमा फेरि अर्को एक मिनेटमै दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि ४० मिनेट स्थगित भइ खुलेको बजारमा अर्को एक मिनेट नपुग्दै सर्किट ब्रेक लागेपछि सोमबारका लागि कारोबार नै स्थगित भएको थियो ।
यसदिन २ सय ५२ वटा कम्पनीको मूल्य बढेको छ भने एउटा कम्पनी रिलायन्स स्पिनिङ मिल्सको घटेको छ । यसदिन बैंकिङ उपसमूहतर्फ ६ दशमलव ९२ प्रतिशत, विकास बैंक उपसमूहतर्फ ५ दशमलब ९१ प्रतिशत, फाइनान्स उपसमूहतर्फ ५ दशमलब ४७ प्रतिशत, होटल तथा पर्यटन उपसमूहतर्फ ५ दशमलव ७३ प्रतिशत, हाइड्रोपावर उपसमूहतर्फ ६ दशमलब ८१ प्रतिशतले बढेको छ ।
लगानी उपसमूहतर्फ ७ दशमलब ०६ प्रतिशत, जीवन बीमा उपसमूहतर्फ ४ दशमलब ६७ प्रतिशत , उत्पादन तथा प्रशोधन उपसमूहतर्फ ५ दशमलव ३० प्रतिशत , माइक्रोफाइनानस उपसमूहतर्फ ४ दशमलव शून्य ७ प्रतिशत, निर्जीवन बीमा उपसमूहतर्फ ३ दशमलन ७४ प्रतिशत, अन्य उपसमूहतर्फ ५ दशमलव ५६ प्रतिशत तथा व्यापार उपसमूहतर्फ ७ दशमलव ७३ प्रतिशतले बढेका छन् ।
एक दर्जन कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, शिवश्री हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, सिटी होटल, निफ्रा, नेपाल बैंक, बलेफी हाइड्रोपावर, माथिल्लो तामाकोशी, शुभम् पावर, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, हिमस्टार ऊर्जा र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
रिलायन्स स्पिनिङ मिल्सको मूल्य १ दशमलव ४९ प्रतिशत घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा नारायणी डेभलपमेन्ट, शिवम् सिमेन्ट, एसवाई प्यानल, ङादी ग्रुप र राधि विद्युत् क्रमशः अगाडि रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।