logo

मार्जिन कारोबार सम्बन्धी नयाँ निर्देशिका जारी भएसँगै सेयर घट्ने क्रम रोकियो

अब सेयर बजार बढेर लयमा फर्किने अपेक्षा

    94   पटक पढिएको



२९ माघ/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्जिन कारोबार सुविधा सम्बन्धी नयाँ निर्देशिका जारी गरेसँगै सेयर घट्नेक्रम रोकिएको छ ।
सेबोनले यसअघि २०७४ मा जारी गरिएको निर्देशिका खारेज गर्दै बुधबार नयाँ निर्देशिका जारी गरेको थियो । नयाँ निर्देशिका १ फागुनदेखि लागू हुने सेबोनले जनाएको छ ।
नयाँ निर्देशिकाले सेयर लगानीकर्तालाई सेयर खरिद गर्नका लागि ब्रोकर कम्पनीसँग ऋण (मार्जिन) सुविधा प्राप्त गर्ने बाटो खोलेको छ ।
यस मार्जिन सुविधाका लागि सेबोनले केही सर्त तोकेको छ । कम्तिमा २५ लाख कित्ता सर्वसाधारण सेयर (लकइन भएका सेयर बाहेक) सूचिकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सो भन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको,
आइपीओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने सर्त तोकिएको छ । यस्तै, मार्जिन कारोबार सुविधा प्रदान गर्ने ब्रोकर कम्पनीका लागि चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएको, राफसाफ सदस्यता प्राप्त गरेको, निक्षेप सदस्य वा निक्षेप सदस्य कम्पनीको सेयरधनी रहेको वा सहायक कम्पनीको रुपमा रहेका धितोपत्र दलाल व्यवसायीको मुख्य कम्पनीले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।
मार्जिन कारोबार सुविधाको अवधि बढीमा एक वर्षको हुनेछ । तर, एक वर्षपछि नवीकरण गर्न मिल्ने भनिएको छ । सेबोनको यस निणर्यपछि बिहीबार सेयर कारोबार घट्नेक्रम रोकिएर अब क्रमशः बढ्ने लगानीकर्ताको अपेक्षा छ ।
सोही कारण बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक घट्ने क्रम रोकिएर केही अंकले बढेको छ । साताको सुरुवातदेखि निरन्तर घटेको नेप्से परिसूचक बिहीबार करिब ९ अंकले बढेको हो ।
यो साता आइतबार १०.२४, सोमबार २६.०५, मंगलबार १०.२५ र बुधबार ०.०४ अंक घटेको नेप्से बिहीबार केही बढेर नेप्से सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
नेपाल धितोपत्र बोर्डले बुधबार मार्जिन कारोबार सुविधा निर्देशिका जारी गरेसँगै लगानीकर्ताको मनोबलमा सुधार आएको देखिन्छ । मार्जिन कारोबारपछि बैंक गएर कर्जा लिई ब्रोकरलाई तिर्नुपर्ने झन्झट अन्त्य हुने भएपछि बजारमा कारोबार बढ्ने तथा लगानी समेत बढाउन सकिने भएकाले लगानीकर्ताको मनोबल सकारात्मक भएको देखिन्छ ।

बिहीबार नेप्सेमा १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन मध्यभोटेकोशी र रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दाबढीले बढेको छ ।
यसदिन नेप्सेमा कारोबार भएका धेरै जलविद्युत् कम्पनीको सेयर मूल्य बढेको छ । जलविद्युत् कम्पनीको सेयर मूल्यमा सुधार आए पनि समूहगत सूचक ३४.६५ अंक बढेको छ ।
त्यसैगरी, बैंकिङ ४.७५, विकास बैंक ६६.८०, वित्त ८.५९, लगानी ०.६५, जीवन बीमा ६३.२२, उत्पादनमूलक ५५.०४ र सामूहिक लगानी कोष ०.०४ अंक बढेको नेप्सेले जनाएको छ । तर, बिहीबार होटल १२१.३४, लघुवित्त ०.६९, निर्जीवन बीमा १६.२७, अन्य ६.२१ र व्यापार समूह ३.५७ अंक घटेका छन् ।
बिहीबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । यस ११ अर्ब १० करोड रुपैयाँको सेयर कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार ८ अर्ब ६९ करोड रुपैयाँको सेयर कारोबार थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।