logo

उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न ब्रोकर एशोसिएशनको आग्रह

    799   पटक पढिएको

२७ असोज/अर्थ र व्यापार- स्टक ब्रोकर्स एशोसिएशन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविश्य दिगो र उज्वल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोवलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ । पछिल्लो समय अन्यौलपूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोवलका साथ सेयर कारोबार गर्न ब्रोकर एशोसिएशनका अध्यक्ष सागर ढकालले आग्रह गरेका छन् ।

अहिले नेप्से परिसुचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजी बजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेको भन्दै सोही अनुरुप उच्च मनोबालका साथ कारोबार गर्न ढकालले आग्रह गरेका हुन् । ‘नयाँ सरकार गठनसँगै पूँजी बजारको सुधार र विकासका लागि पूँजीबजार सुधार सुझाव समिति बनाई पूँजीबजारको सुधार गर्नका लागि आवश्यक सुझावहरु लिई सो अनुसारको आवश्यक कदमहरुलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोही अनुरुप नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ,’ उनले भने, ‘बोर्ड लगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरे बमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाईसेको छ भने ब्रोकर एशोसिएशनले पनि पुँजीबजार सुधारका लागि सरोकारवाला निकायलाई दिर्घकालिन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ ।’

आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याएपनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांकहरु, बैंक ब्याजदर, बैदेशिक मुद्राको बचतदर तथा मृल्यवृद्धि लगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृढ हुँदै गएकोले सेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत उनले वताए ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र सो आन्दोलनपश्चात देखिएको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारलाई प्रभावित बनाएपनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन नीतिहरु बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीकर्ताहरु हतास हुन नपर्ने उनको भनाई छ । ‘अहिलेको सरकारले पुँजीबजारको विकासका लागि यथासक्दो प्रयास गरेको छ भने हामीले पनि सोही अनुरुप सुधारका काम गर्न दबाब दिँदै आएका छौं,’ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘यस्तो अवस्थामा लगानीकर्ताहरु आफ्नो सम्पत्तिको सुरक्षा गर्दै संयमित भएर सेयर कारोबार गर्नुको विकल्प छैन ।’

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।