७ मंसिर/अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग प्रस्ताव मागेको छ । सेबोनले अक्षय कोषको र लगानी योग्य रकम मुद्दती निक्षेपमा राख्न विभिन्न बाणिज्य बैंकहरूसँग प्रताव मागेको हो ।
सेबोनले वाणिज्य बैंकलाई आगामी बिहीबारभित्र ब्याजदरसहित प्रस्ताव पेस गर्न भनेको छ । जसकालागि बैंकहरुले मुद्दती निक्षेपको १ वर्षे ब्याजदर खुलाउनुपर्नेछ ।
बैंकिङ प्रणालीमा उच्च तरलता हुँदा निक्षेपको ब्याजदर अहिले २ दशमलब ७५ प्रतिशत छ । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलाई नै मुस्कील परेको छ ।
नेपाल राष्ट्र बैंकले प्रणालीबाट अहिले साढे ८ खर्ब रूपैयाँ तरलता खिचिरहेको छ । ऋणको माग नभएर प्रणालीमा पैसा थुप्रिएका कारण बैंकहरुले संस्थागत लगानीकर्ताको ठूलो निक्षेप लिन मानिरहेका छैनन् ।
तपाईको प्रतिक्रिया