logo

सेयर बजार लगातार ३ दिन बढेर २६५५ अंकमा

    825   पटक पढिएको



९ मंसिर/अर्थ र व्यापार – मंगलबार पनि सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेर २६ सय ५५ अंकमा कायम भएको छ । यो अंक सहित ३ दिनदेखि बजार निरन्तर बढेको हो ।
नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा मंगलबार ५ अर्ब ८२ करोड रूपैयाँ पुगेको छ ।
यसदिन १ सय २२ कम्पनीको मूल्य बढ्दा १ सय २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने १० वटाको स्थिर रहेको छ । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बजार केही बढेर बन्द भएको छ ।
यसदिन समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । होटल तथा पर्यटन सबैभन्दा धेरै १ दशमलब ४ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ शून्य दशमलब १९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे ।
व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो ।
जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो । यसदिन धेरै कारोबार भएका कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट हरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।