९ असार/अर्थ र व्यापार – यस साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार लगातार घटेर २६७४ विन्दुमा झरेको छ । नेप्से परिसूचक मंगलबार २६.१६ अंक घटेर २६७४.४८ विन्दु कायम भएको छ । यसदिन म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन् । हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.६३ प्रतिशत घटेको छ । बजारमा २ सय ३९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
यसदिन बुंगल हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । दोहोरो अंकले घटेको बजारमा २२ कम्पनीका लगानीकर्ताले कमाए भने दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ ।
टक्सार पिर्खुवा खोला र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आखुँ खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ३४ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
यसदिन नेप्से सूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार ४ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो ।
तपाईको प्रतिक्रिया