logo

नेप्सेमा ३ अंकको वृद्धि, ६१ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार

    1053   पटक पढिएको

१० बैशाख /अर्थ र व्यापार- मंगलबार नेप्से परिसूचक ३.७४ अंकको वृद्धिसँगै १२६०.६८ बिन्दुमा पुगेको छ । यस दिन १७६ कम्पनीका १८ लाख १ हजार ५२२ कित्ता शेयर किनबेच हुँदा ६१ करोड ४१ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । सोमबार एक अर्ब ३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएका ११ उपसमूहमध्ये ५ वटाका सूचक सकारात्मक बन्दा ६ वटा नकारात्मक देखिएको छ । यस दिन उत्पादन तथा प्रशोधन समुहको सूचक सबैभन्दा धेरै ४६.०८ अंकले बढेको छ । यस्तै निर्जीवन बीमा १६.४१, वाणिज्य बेंक ६.६६ र फाइनान्स १.४५ र विकास बैंकको सूचक ०.५७ अंकको सुधार आएको हो । यता जीवन बीमा समुहको सबै भन्दा धेरै २२.२२ अंकले घटेको छ । यस्तै होटल १७.३७, माइक्रोफाइनान्स ४.९५, हाइड्रोपावर ४.११, व्यापार २.७९, अन्य २.१३ अंकले नकारात्मक भएको छ ।

मंगलबार छिमेक लघुवित्तको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । लघुवित्तको ४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । नेपाल बैंकको पनि ४ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरि एनएमबि बैंकको २ करोड ९० लाख, एनआईसी एशिया बैंकको २ करोड ७९ लाख, छिमेक लघुवित्तको संस्थापक शेयर २ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नबिल बैंकको संस्थापक शेयर, स्टाण्डर्ड चार्टर्ड बैंक, एभरेष्ट बैंक, प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्सको शेयर अधिक मात्रामा कारोबार भएको छ ।

मंगलबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका शेयरधनीहरुले सबैभन्दा धेरै नाफा कमाएका छन् । इन्स्योरेन्सका शेयरमूल्य ९.८९ प्रतिशतले बढेको छ । यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयरमूल्य ७.१४, राधी विद्युत कम्पनीको ६.५८, उन्नति माइक्रोफाइन्सको ४.९१, युनिलिभर नेपालको ४.०४, हिमालयन डिस्टिलरीको ३.३६ र सिन्धु विकास बैंकको शेयरमूल्य ३.१३ प्रतिशतले बढेको छ ।

यता घलेम्दी हाइड्रोको शेयरधनीले सबैभन्दा धेरै ४.७९ अंकले गुमाएका छन् । यस्तै अरुण काबेली पावरको शेयरमूल्य ४.६७ र भार्गव विकास बैंकको शेयरमूल्य ४.०९ प्रतिशतले ओरालो लागेको छ । सिनर्जी पावर, एनआईबिएल प्रगति फण्डको इकाई मूल्य, सेन्ट्रल फाइनान्स, ग्लोवल आईएमई लघुवित्त, कालिका लघुवित्त लगायतको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।