१२ जेठ /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ११.९३ अंकले घटेर १३०२.६१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आजै १ सय ६५ कम्पनीको २० लाख ५४ हजार २८६ कित्ता शेयर खरिदबिक्री भई ६२ करोड ६२ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक २ दशमलव ८२ अंकले घटेर २ सय ७७ दशलमव ५६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार ४ करोड ८५ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वाधिक कमाउनेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९९ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा आज ९ दशमलव ७५ प्रतिशतले घटेको छ ।
यस दिन ११ वटै उपपरिसुचकहरुमा राताम्मै भएका छन् । बजेटको पूर्वसन्ध्यामै शेयर बजार ११ अंकले घट्नुलाई लगानीकर्ताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् । शुक्रबार मात्रै हिमालय डिस्ट्रिलरीले ६८.४२ प्रतिशत अन्तरिम लाभांश घोषणा गरेको थियो । कारोबार सुरु भएको ५ मिनेटमा बढ्ने क्रममा सर्किट लागेको थियो ।
तपाईको प्रतिक्रिया