२५ बैशाख /अर्थ र व्यापार - बुधबार शेयर बजारमा नेप्से परिसूचक ३.६८ अंकले घटेर १२९७.६० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७५ कम्पनीको १९ लाख ७ हजार ७८३ कित्ता शेयर खरिदबिक्री भई ५० करोड ७९ लाख ३४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव १७ अंकले घटेर २ सय ७८ दशलमव ०७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन कारोबार भएकोमा सबैभन्दा बढी सिभिल बैंकको रहेको छ । जसको कारोबार ५ करोड ५३ लाख २० हजार रुपैयाँको भएको छ । जसको बजार मुल्य १५२ रुपैयाँ रहेको छ । यस दिन सर्वाधिक कमाउनेमा हिमालय डिस्टिलरी लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा मल्टी प्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ९ दशमलव ५५ प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा टेडिङ्ग समूह, उत्पादक तथा प्रशोधन समूह र अन्य समूह बढेको छ भने बाँकी सबै समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया