१६ बैशाख /अर्थ र व्यापार - शेयर बजारमा सोमबार नेप्से परिसूचक ४.२१ अंकले घटेर १३१०.३१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव ०१ अंकले घटेर २ सय ८१ दशलमव ८४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यसदिन १ सय ७४ कम्पनीको ३० लाख १६ हजार ४८० कित्ता शेयर खरिदबिक्री भई १ अर्ब १९ करोड ७७ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । हिजोको तुलनामा आज पनि कारोबार घटेको छ । १ अर्बमाथिको कारोबार हुदाँ सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । जसको कारोबार १४ करोड ६९ लाख ८२ हजार रुपैयाँको भएको छ । जसको बजार मुल्य १ हजार ३१६ रुपैयाँ रहेको छ ।
यस दिन सर्वा््िधक कमाउनेमा एनआईबिल प्रगति फण्डका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव ६६ प्रतिशतले बढेको छ । त्यस्तै लक्ष्मी इक्विटी फण्डका लगानीकर्ताहरुको पनि ५ दशमलव ५२ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा राद्यी विद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ७ दशमलव ५१ प्रतिशतले घटेको छ । आज ११ वटा उपपरिसुचकहरुमा ५ वटा कम्पनीहरु बढेका छन् भने ६ वटा समूहहरु घटेका छन् ।
तपाईको प्रतिक्रिया