११ बैशाख /अर्थ र व्यापार- नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयरमा मागभन्दा बढी आवेदन परेसँगै आजदेखि बिक्री बन्द गर्ने भएको छ । संस्थाले प्राथमिक शेयर निष्कासन गरेको पहिलो एक घण्टामै ओभर सब्सक्राइब भएको थियो ।
नियम अनुसार पहिलो चरणमा चार दिनसम्म प्राथमिक शेयर निष्कासन गर्नुपर्ने हुन्छ । संस्थाले कर्मचारी र सामुहिक लगानी कोषलाई बाँडफाँड गरेर बाँकी रहेको एक लाख ५१ हजार दुई सय कित्ता सर्वसाधारणको लागि गत आइतबारदेखि बिक्री खुला गरेको थियो ।
सर्वसाधारणले कम्तिमा पनि १० कित्ता र अधिकतम ८ सय कित्तासम्मको लागि आवदेन दिन सकिने भनेपनि संस्थाको प्राथमिक शेयरमा माग भन्दा धेरै आवेदन परेकोले लक्की ड्र मार्फत बाँडफाँड गर्नुपर्ने हुँदा १० कित्ता भन्दा धेरैको आवेदन दिनु पर्दैन ।
हाल संस्थाको चुक्ता पूँजी तीन करोड ३६ लाख रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पस्चात संस्थाको चुक्ता पूँजी चार करोड ९७ लाख रुपैयाँ पुग्नेछ ।
तपाईको प्रतिक्रिया