६ जेठ /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ९.१३ अंकले घटेर १३७.७१ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १ सय ७२ कम्पनीको ३३ लाख ९८ हजार ६८० कित्ता शेयर खरिदबिक्री भई १ अर्ब २२ करोड ५ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९९ अंकले घटेर २ सय ७९ दशलमव ८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार २५ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको भएको छ । जसको बजार मुल्य ५८८ रुपैयाँ रहेको छ ।यस दिन सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९१ प्रतिशतले बढेको छ । मञ्जुश्री फाइनान्सको ९ दशमलव ७० प्रतिशत, सिन्धु विकासको ९ दशमलव २९ प्रतिशत, वेष्ट फाइनान्सको ९ दशमलव २८ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ०९ प्रतिशतले बढेको छ ।
साथै सर्वाधिक गुमाउनेमा पाँचथर पावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ७ दशमलव ७६ प्रतिशतले घटेको छ । यस दिन ११ वटा उपपरिसुचकहरुमा २ वटा समूहहरु बढेका छन् भने ९ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया