५ जेठ /अर्थ र व्यापार - आइतबार शेयर बजारमा नेप्से परिसूचक १.८७ अंकले घटेर १३१७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता शेयर खरिदबिक्री भई १ अर्ब ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ६५ अंकले घटेर २ सय ८० दशलमव ७९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । जसको कारोबार २२ करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको भएको छ । जसको बजार मुल्य ३३६ रुपैयाँ रहेको छ ।
यस दिन सर्वाधिक कमाउनेमा शिवम् सिमेन्टका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९७ प्रतिशतले बढेको छ । त्यस्तै कपोरेट डेभलपमेन्ट बैंकको ९ दशमलव ९० प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा विशाल बजार कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ५ दशमलव ७८ प्रतिशतले घटेको छ । यस दिन १२ वटा उपपरिसुचकहरुमा ६ वटा समूहहरु बढेका छन् भने ६ वटा समूह घटेका छन् ।
तपाईको प्रतिक्रिया