३० बैशाख /अर्थ र व्यापार - आज शेयर बजारमा नेप्से परिसूचक ६.३० अंकले बढेर १३१.३४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । आज १ सय ६९ कम्पनीको २३ लाख ९२ हजार ४०३ कित्ता शेयर खरिदबिक्री भई ७८ करोड ६४ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक १ दशमलव २१ अंकले बढेर २ सय ७८ दशलमव २४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । जसको कारोबार ११ करोड ४६ लाख १ हजार रुपैयाँ बराबरको भएको छ । जसको बजार मुल्य ४९७ रुपैयाँ रहेको छ ।
यस दिन सर्वाधिक कमाउनेमा शिवम सिमेन्ट र जलविद्युत लगानी तथा डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ९ दशमलव ९६ र ९ दशमलव ५९ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा हिमालयन डिस्टिलरीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ६ दशमलव ०७ प्रतिशतले घटेको छ । यस दिन १२ वटा उपपरिसुचकहरुमा ५ वटा समूह घटेको छ भने ७ वटा समूह बढेका छन् ।
तपाईको प्रतिक्रिया