logo

नेप्से परिसूचक २२.३९ अकंले बढ्यो, एक अर्ब बढिको कारोबार

    1263   पटक पढिएको

१५ बैशाख /अर्थ र व्यापार - आइतबार शेयर बजारमा नेप्से परिसूचक २२.३९ अकंले बढेर १३१४.५१ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका १७६ कम्पनीको ४९ लाख २१ हजार ८४ कित्ता शेयर एक अर्ब ६७ करोड ५९ लाख रुपैयाँ खरिद बिक्री भएको छ । कारोबार रकम गत विहीबारको तुलनामा ३२ करोड बढी हो । गत विहीबार एक अर्ब ३५ करोड बढीको शेयर किनबेच भएको थियो ।

आइतबार कारोबारमा आएका दश उपसमूह मध्ये आठ वटा समूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा उपसमूहको सूचक नकारात्मक भएका छन् । आइतबारको कारोबारमा जीवन बीमा समूहको कम्पनीका शेयरमा लगानीकर्ताको चाप बढेको देखिन्छ । जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ६२९.३८ अकले बढेको छ भने र्निजीवन बीमा समूहको सूचक ४६२.७९ अंकले बढेको छ ।

त्यसैगरी लघुवित्त ९१.०८, होटल ९०.४, जलविद्युत ६२.५८, उत्पादन तथा प्रशोधन ४६.३७, विकास बैंक ६.१ र अन्य समूहको सूचक ५.६३ अंकले बढेको छ । यता बैंकिङ्ग समुहको सूचक ९.०२ अंकले घटेको छ भने वित्त समूहको सूचक ०.६८ अंकले घटेको छ । आइतबार समग्र बैंकिङ्ग समूहको सूचक घटेको अवस्थामा नेपाल बैंकको शेयर कारोबर भने सबै भन्दा धेरै भएको छ । बैंकको ७ लाख १५ हजार ५३८ कित्ता शेयर २३ करोड १९ लाख रुपैयाँ किनबेच भयो ।

यस दिनको कारोेबारमा ७ वटा कम्पनीको शेयर मूल्य बढेर सर्किट ब्रेक लागेको छ । जुन राष्ट्रिय बीमा कम्पनीको, आरएमडिसि लघुवित्त, एशियन लाईफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, किसान माइक्रोफाइनान्स र विजय लघुवित्तको शेयर मूल्यमा सर्किट ब्रेक लागेको छ । आइतबार सनराइज बैंकको शेयर मूल्य सबै भन्दा धेरै ४.०४ प्रतिशतले घटेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।