logo

सिभिल बैंकको लाभांश पारित, मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी

सिभिल बैंकको पुस ६ गते अमृतभोग, कालिकास्थान डिल्लीबजारमा सम्पन्न नवौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश पारित गरेको छ। 

22-12-19

एनआइसी एसिया बैंकले सुरु गर्यो ’इन्ट्र्या्क्टिभ भ्वाइस रेस्पोन्स’ सेवा

एनआईसी एशिया बैंकले ’इन्ट्र्या्क्टिभ भ्वाइस रेस्पोन्स’ सेवा सुरु गरेको छ। बैंकले अत्याधुनिक सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

22-12-19

कुमारी बैंकले तीन अर्बको ऋणपत्र निष्कासन गर्दै, १०.२५% ब्याजदर, सर्वसाधारणलाई एक अर्ब २० करोड

कुमारी बैंकले पुस १४ गतेदेखि तीन अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १०.२५ प्रतिशत ब्याजदरमा सर्वसाधारणको लागि एक अर्ब २० करोड रूपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो। 

21-12-19

मर्चेन्ट बैंकरबीच पनि मर्जर सुरु, प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिन सम्झौता

 प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने भएका छन्। नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त गरेका संस्थाहरु गाभिन लागेका हुन्।

19-12-19

बैंकिङ प्रणालीमा तरलता बढेपछि राष्ट्र बैंकले १० अर्ब तान्दै, ५२ अर्ब अधिक तरलता थुप्रियो

अधिक तरलता बढेर अल्पकालिन ब्याज दरहरु निक्कै तल आएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ।

18-12-19

गुडविल फाइनान्सको १० प्रतिशत नगद लाभांश, गत वर्षभन्दा दोब्बरले बढायो लाभांश दर

गुडविल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। संस्थाले २५ औ वार्षिक साधारणसभामा पेश गर्ने गरि उक्त लाभांश घोषणा गरेको हो। 

18-12-19

   कर्जा सूचना केन्द्रको ४०% लाभांश प्रस्ताव, पुस २३ का लागि डाक्यो वार्षिक साधारणसभा

कर्जा सूचना केन्द्रले शेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ। केन्द्रले गत वर्षको भन्दा लाभांश दर बढाएको हो। 

17-12-19

सामाजिक सुरक्षा योजना बारे राष्ट्र बैंक : हामीले निर्देशन दिएका होइनौं, सुचना मात्रै दिएको हो

 राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन भन्दै बैंक तथा वित्तीय संस्थाहरुका नाममा पत्र काटेपछि वित्तीय क्षेत्रमा तरङ्गै देखियो।

17-12-19

सजिलैसँग बैंक लुटिन थालेपछि बायोमेट्रिक्समा जाँदै वित्तीय संस्था, हिमालयन बैंकले जडान गर्दै

विभिन्न ब्यक्तिको चेकबाट रकम झिकिएको घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक रूपमै टिप्पणी गरे- ’हामीले कस्ता कर्मचारी राखेका छौं, तेस्रो ब्यक्तिलाई धमाधम चेक दिने। आज चेक मात्र दिएका छन्, अब बिटाका बिटा पैसा पनि दिनसक्छन्।’

15-12-19

लुम्बिनी इन्स्योरेन्स र एनएमबि लघुवित्तको हकप्रद आजसम्म, लुम्बिनीले जुटायो नियामक पुँजी

 लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको हकप्रद शेयर आइतबारदेखि बन्द हुने भएको छ। लुम्बनीले गत कात्तिक २४ गतेदेखि चुक्ता पुँजीको २० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो। 

14-12-19

प्रभु इन्स्योरेन्सले १६ प्रतिशत लाभांश दिने, बोनस शेयरमा भन्दा नगदमा जोड

 प्रभु इन्स्योरेन्सले शेयरधनीलाई १६.३२ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ११.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

13-12-19

बैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै १० प्रतिशत ब्याजको ऋणपत्र, अबदेखि बर्षैभरी जारी गरिने 

नेपाल राष्ट्र बैंकले आउँदो १ गतेबाट वैदेशिक रोजगार बचतपत्र जारी गर्ने भएको छ। वर्षैभरी वैदेशिक रोजगार बचतपत्र जारी गर्ने नीति अनुरूप पहिलो चरणमा करिव २५ करोडको निष्काशन गरिने भएको छ।

12-12-19

एनएमबि बैंकमा ६ सञ्चालकका लागि निर्वाचन हुने, ३५% लाभांस दिने

एनएमबी बैंकले ६ जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ। संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने भएको हो।

11-12-19

सरकारपछि राष्ट्र बैंकको दादागिरि : क्षेत्राधिकार बाहिर गएर  सामाजिक कोषमा दर्ता हुन निर्देशन

पाइरहेकोभन्दा धेरै हदसम्म सुविधा कटौती हुने भएपछि सामाजिक सुरक्षा कोषमा जान बैंकर अनिच्छुक देखिएका बेला सरकारले राष्ट्र बैंकमार्फत दबाब दिएको छ।

11-12-19

डिप्रोक्सको बम्पर बोनस, ३०% बोनस शेयरसहित ४५% लाभांस घोषणा, चुक्ता पुँजी एक अर्ब पुग्ने

डिप्रोक्स लघुवित्त विकास बैंकले तीन वर्षपछि बम्पर बोनस घोषणा गरेको छ। संस्थाले गत वर्षको नाफा र जगेडाबाट ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ। संस्थाको हालको चुक्ता पुँजी ७७ करोड ३४ लाख रूपैयाँ छ।

11-12-19

कुमारी बैंकको एपमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक, दैनिक १०० रुपैयाँसम्म फिर्ता

कुमारी बैंकले सय रूपैयाँको टपअप गर्दा अर्को एक सय रूपैयाँ क्यासब्याक हुने स्किम ल्याएको छ।  बैंकको मोबाइल एप डाउनलोड गरी कारोबार गर्नेलाई यो सुविधा प्राप्त हुने छ। बैंकले  १०० मा १०० र ’स्क्यान एण्ड पे’ स्किम ल्याएको छ। 

11-12-19

एभरेष्ट बैंकले शेयरधनीलाई २५% लाभांस दिने, पुस २३ का लागि डाक्यो साधारणसभा

शेयरधनीलाई सञ्चालक समितिको २५ प्रतिशत लाभांस दिने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि एभरेष्ट बैंकले वार्षिक साधारणसभाको मिति टुंगो गरेको छ । बैंकले आगामी पुस २३ गते २५ औं वार्षिक साधारणसभा बोलाएको हो। 

10-12-19

चार्टर्डका सिइओको हातमा वार्षिक ३ करोड ९० लाख तलब, विदेशी साझेदारले लगे सवा अर्ब लाभांस

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृतलाई पारिश्रमिकमा वार्षिक ३ करोड ९० लाख ८२ हजार रूपैयाँ भुक्तानी गरेको छ। यो करपछिको रकम हो।

10-12-19

देशकै पहिलो फाइनान्स बल्ल भयो समस्याग्रस्त मुक्त

लामो समयदेखि समस्याग्रस्त अवस्थामा रहेको देशकै पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स लिमिटेडमा नयाँ लगानीकर्ता छिरेका छन्।

10-12-19

कृषि विकास बैंकको ६ वर्षकै उच्च लाभांस, ६% बोनस र २४% नगद

 कृषि विकास बैंकले ६ वर्ष यताकै अधिकतम लाभांस घोषणा गरेको छ। बैंकले चुक्ता पुँजीको ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांस दिने भएको हो। 

09-12-19

चिनियाँ ह्याकरले पैसा झिकेपछि प्रभु बैंकले नेप्ससँगको सहकार्य तोड्यो, युनियन पे कार्ड जारी 

प्रभु बैंक लिमिटेडले ’युनियन पे’ कार्ड सञ्चालनमा ल्याउने भएको छ। बैंकले माघ १ बाट नयाँ कार्ड चल्ने भएकाले पुराना सबै साटिसक्न ग्राहकहरुलाई आग्रह गरेको छ।

08-12-19

सनराइज बैंकको तीन अर्बको ऋणपत्र पूर्ण रुपमा बिक्यो, सर्वसाधारणले ४७ करोडको उठाए

सनराइज बैंकले निष्काशन गरेको तीन अर्ब रुपैयाँको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ। छिटोको अवधिमा बिक्री नभएपछि बैंकले बिहीबारसम्म बिक्री खुला गरेको थियो। 

06-12-19

आजबाट ग्लोबल आइएमई नेपालको सबैभन्दा ठूलो बैंक

रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाई’ नाराको साथ सम्पन्न मर्जसँगै विभिन्न परिसूचकको आधारमा ग्लोबल आईएमई बैंक आजबाट नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ ।

06-12-19

बैंकिङ क्षेत्रमा दक्ष कर्मचारी नहुँदा अपराधको संख्या बढ्यो : गभर्नर नेपाल

बैंक तथा वित्तीय संस्थामा गलत नियत र कमजोर कार्य क्षमता भएका कर्मचारीहरु हावि भएको नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले बताएका छन् ।

05-12-19

ज्योति विकास बैकको १२.७५५ प्रस्ताव, आठ वर्ष यताकै उच्च लाभांश 

ज्योति विकास बैंकले आठ वर्ष यताकै उच्च लाभांश प्रस्ताव गरेको छ । बैकको बुधवार बसेको सञ्चालक समिति बैठकले शेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । 

05-12-19

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.