२६ मंसिर / अर्थ र व्यापार - एनएमबी बैंकले ६ जना सञ्चालकका लागि निर्वाचन गर्ने भएको छ। संस्थापक समुहबाट तीन र सर्वसाधारण समुहबाट तीनजना सञ्चालकको निर्वाचन गर्ने भएको हो।
बैंकले २४ औं वार्षिक साधारणसभा आगामी पुस २४ गते गर्ने भएको छ । सभामा निर्वाचन र सञ्चालक समितिले यसअघि घोषणा गरेको ३५ प्रतिशत लाभांस पेश गरिने छ । गत वर्षको नाफाबाट १४ प्रतिशत नगद लाभांस र जगेडा कोषबाट २१ प्रतिशत बोनस शेयर पारित हुने बैंकले जनाएको छ।
शेयरधनीहरूले १ अर्ब ६१ करोड रूपैयाँ नगद लाभांस प्राप्त गर्ने छन्। २१ प्रतिशत बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पुँजी १३ अर्ब ९५ करोड रूपैयाँ पुग्ने छ। साधारणसभा प्रयोजनका लागि पुस ४ देखि २४ गतेसम्म बुक क्लोज हुनेछ। पुस ३ गतेसम्म कायम शेयरधनीहरूले प्रस्तावित लाभांस प्राप्त गर्नुका साथै साधारणसभामा भाग लिन सक्ने छन्।
गत आर्थिक वर्षमा बैंकले २ अर्ब २५ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकले नगद र बोनस शेयरसहित ४ अर्ब ३ करोड रूपैयाँ लाभांस वितरण गर्नेछ। जगेडा कोषबाट बोनस शेयर दिएर बैंकले पुँजी बढाउने योजना बनाएको हो।
तपाईको प्रतिक्रिया