२३ मंसिर/अर्थ र व्यापार – सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता अनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेबी हिलसाइड रिसोर्टमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यसका साथै एसबीएलएनपीएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ । जस अन्तर्गत एसबीएलएनपीएल टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।
यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
तपाईको प्रतिक्रिया