logo

नबिल बैंकलाई ५ अर्ब अविमोच्य सेयर निस्काशनको अनुमति

    1193   पटक पढिएको


७ मंसिर/अर्थ र व्यापार – नबिल बैंक लिमिटेडको अविमोच्य असञ्चिति अग्राधिकार सेयरले अनुमति पाएको छ । धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
बोर्डले शुक्रबार नबिल बैंलाई सेयर बिक्री गर्ने अनुमति दिएको हो । यो सेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो । जसअनुसार नबिल बैंकले ८ प्रतिशत नाफाको ग्यारेन्टी गरेको छ ।
यो प्रकृतिको सेयर खरिद गर्न भने व्यक्तिले पाउँदैनन् । यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् । व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो सेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ ।
नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असंचिति प्रकृतिको अग्राधिकार शेयर भनिएको हो । बैंकले पाँच अर्ब रूपैयाँ बराबरको ५ करोड कित्ता शेयर जारी गर्न लागेको हो । बैंकको गत २७ साउनमा बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बसेको सञ्चालक समितिको ६६२ औं बैठकबाट शेयर जारी गर्ने निर्णय भएको हो ।
यो शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरले तोकिनेछ । जसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ प्रतिशत मुनाफा प्राप्त गर्नेछन् । बैंकले कमाएको मुनाफा सबैभन्दा पहिले अग्राधिकार सेयर लगानीकर्तालाई छुट्याउनु पर्नेछ ।
बैंकले यसरी जारी गर्ने शेयर विभिन्न इन्स्योरेन्स कम्पनीहरु, नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नेपाल पुनर्बीमा कम्पनी लगायतले पनि अग्राधिकार सेयर किन्न सक्नेछन् ।
यस्तै व्यक्तिगत लगानीकर्ताले भने यस्तो सेयर खरिद गर्न पाउने छैनन् । अग्राधिकार शेयर जारी गर्नका लागि नबिल बैंक र एनआइशी एशिया बैंकले राष्ट्र बैंक समक्ष निवेदन दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।