७ मंसिर/अर्थ र व्यापार – नबिल बैंक लिमिटेडको अविमोच्य असञ्चिति अग्राधिकार सेयरले अनुमति पाएको छ । धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।
बोर्डले शुक्रबार नबिल बैंलाई सेयर बिक्री गर्ने अनुमति दिएको हो । यो सेयर भुक्तानी अवधि नतोकिएको तर निश्चित प्रतिशतको लाभांश दर प्रदान गर्न सक्ने विशेषता भएको पुँजी बजार उपकरण हो । जसअनुसार नबिल बैंकले ८ प्रतिशत नाफाको ग्यारेन्टी गरेको छ ।
यो प्रकृतिको सेयर खरिद गर्न भने व्यक्तिले पाउँदैनन् । यो सेयरमा संस्थागत लगानीकर्ताले मात्र लगानी गर्न पाउने छन् । व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना र बोर्डबाट अनुमति पाएका धितोपत्र व्यवसायीहरूलाई यसमा लगानी गर्न वञ्चित गरिएको छ ।
नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार यो सेयर संस्थापक समूहको साधारण शेयरमा परिवर्तन हुने सम्भावना रहन्छ भने वितरण योग्य मुनाफा आर्जन गरेको वर्षमात्र कम्पनीले लाभांश वितरण गर्दछ ।
नोक्सानीमा रहेको वर्ष र संचित मुनाफाबाट लाभांश वितरण गर्न नसक्ने भएकोले यसलाई असंचिति प्रकृतिको अग्राधिकार शेयर भनिएको हो । बैंकले पाँच अर्ब रूपैयाँ बराबरको ५ करोड कित्ता शेयर जारी गर्न लागेको हो । बैंकको गत २७ साउनमा बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बसेको सञ्चालक समितिको ६६२ औं बैठकबाट शेयर जारी गर्ने निर्णय भएको हो ।
यो शेयर प्रतिकित्ता १ सय रुपैयाँको दरले तोकिनेछ । जसमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ प्रतिशत मुनाफा प्राप्त गर्नेछन् । बैंकले कमाएको मुनाफा सबैभन्दा पहिले अग्राधिकार सेयर लगानीकर्तालाई छुट्याउनु पर्नेछ ।
बैंकले यसरी जारी गर्ने शेयर विभिन्न इन्स्योरेन्स कम्पनीहरु, नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नेपाल पुनर्बीमा कम्पनी लगायतले पनि अग्राधिकार सेयर किन्न सक्नेछन् ।
यस्तै व्यक्तिगत लगानीकर्ताले भने यस्तो सेयर खरिद गर्न पाउने छैनन् । अग्राधिकार शेयर जारी गर्नका लागि नबिल बैंक र एनआइशी एशिया बैंकले राष्ट्र बैंक समक्ष निवेदन दिएका छन् ।
तपाईको प्रतिक्रिया