२ पुष / अर्थ र व्यापार - कर्जा सूचना केन्द्रले शेयरधनीका लागि १५ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ। केन्द्रले गत वर्षको भन्दा लाभांश दर बढाएको हो।
गत वर्ष २० प्रतिशत नगद लाभांश दिएको केन्द्रले यस वर्ष पुँजी बढाउन बोनस शेयर पनि दिने भएको हो। कम्पनीको चुक्ता पुँजी २३ करोड २६ लाख रूपैयाँ छ। बोनस शेयरपछि कम्पनीको पुँजी ३२ करोड ८३ लाख रूपैयाँ पुग्नेछ। कम्पनीमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र नेपाल राष्ट्र बैंकको शेयर छ। सबैभन्दा धेरै वाणिज्य बैंकहरूको ७६.१७ प्रतिशत शेयर छ भने राष्ट्र बैंकको एक प्रतिशत छ।
तपाईको प्रतिक्रिया