logo

सरकारपछि राष्ट्र बैंकको दादागिरि : क्षेत्राधिकार बाहिर गएर  सामाजिक कोषमा दर्ता हुन निर्देशन

    1259   पटक पढिएको

२५ मंसिर / अर्थ र व्यापार -  पाइरहेकोभन्दा धेरै हदसम्म सुविधा कटौती हुने भएपछि सामाजिक सुरक्षा कोषमा जान बैंकर अनिच्छुक देखिएका बेला सरकारले राष्ट्र बैंकमार्फत दबाब दिएको छ।

राष्ट्र बैंकले पनि आँफूसँग असम्बन्धित बिषयमा बुधबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा दर्ता हुन भनेको छ। बराबरी योगदान गरेपनि सरकारीले चार गुणा सुविधा पाउने तर निजीका हकमा पाइरहेको सुविधा पनि काट्टिने भएपछि बैंकरहरु कोषमा दर्ता हुन गएका थिएनन्। बैंकर नगएपछि राष्ट्र बैंकमार्फत जानका लागि बाध्य पारिएको छ।

’राष्ट्र बैंकले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्देशन जारी गरेको छ’ एक बैंकरले भने, ’सरकारको दादागिरिमा राष्ट्र बैंकले सघाएको छ।’ सरकारले ऐन जारी गरेर सामाजिक सुरक्षा कोषमा जानै पर्ने ब्यवस्था गरेको छ। कर्मचारीले समान योगदान गरेपनि प्रतिफल भने असमान दिने नीति सरकारको छ। बैंकरले सरकारी कर्मचारी सरह नै सुविधा पाउनु पर्ने भन्दै कोषमा दर्ता हुन आनाकानी गर्दै आएका थिए।

राष्ट्र बैंकले मिति नतोके पनि अनिवार्य रुपमा सूचीकरण हुन निर्देशन दिएको हो। ’बैंकरले आफ्ना सबै तहका कर्मचारीलाई सामाजिक सुरक्षा दिँदै आएका छन्। त्यसवाहेक अन्य सुविधा पनि दिइरहेका छन्’ ती बैंकरले भने, ’तर पाइरहेको सुविधा पनि खोस्ने गरी दर्ता हुन राष्ट्र बैंकले निर्देशन दिएको छ। जबकी यस बारेमा बोल्ने अधिकार राष्ट्र बैंकलाई छैन।’

राष्ट्र बैंकका अधिकारीहरुले भने अर्थमन्त्री डा. युवराज खतिवडामार्फत तारन्तार दबाब आएकाले निर्देशन जारी गर्न वाध्य हुनु परेको बताएका छन्। ’बैंकका कर्मचारी अन्यायमा परेको भए हामीले भन्ने कुरा आउँथ्यो’ ती अधिकारीले भने, ’अवस्था त्यस्तो पनि छैन। तर यहाँ मौखिक दबाबले धेरै काम गरेको छ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।