३ पुष / अर्थ र व्यापार - अधिक तरलता बढेर अल्पकालिन ब्याज दरहरु निक्कै तल आएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ।
राष्ट्र बैंकले १० अर्ब रुपैयाँ प्रणालीबाट तान्ने भएको हो। अहिले बैंकिङ क्षेत्रमा अनिवार्य तरलता अनुपात (सिआरआर) बाहेक ५२ अर्ब रुपैयाँ अधिक तरलता छ।
तरलता अधिक भएकै कारण अन्तर बैंक सापटी दर आधा प्रतिशतभन्दा तल आइसकेको छ। राष्ट्र बैंकले बिहीबार ’रिभर्स रिपो’ नामको मौद्रिक औजारबाट पैसा तान्ने भएको हो।
सरकारका लागि जारी गरिने ऋणपत्र (ट्रेजरी बिल्स) धितो राखेर राष्ट्र बैंकले बजारलाई पैसा दियो भने त्यसलाई ’रिपो’ भनिन्छ। त्यो रिपो परिपक्व नहुँदै बिक्री गरेर बजारलाई पैसा उपलब्ध गराउने प्रकृया ’रिभर्स रिपो’ हो। यो सात दिन अवधिको हुन्छ।
तपाईको प्रतिक्रिया