३ पुष / अर्थ र व्यापार - गुडविल फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। संस्थाले २५ औ वार्षिक साधारणसभामा पेश गर्ने गरि उक्त लाभांश घोषणा गरेको हो।
संस्थाको हालको चुक्ता पुँजी ८० करोड रूपैयाँ छ। नगद लाभांशमा लाग्ने कर प्रयोजनसहित ८ करोड रूपैयाँ लाभांश वितरण गर्नेछ। संस्थाले गत वर्षको भन्दा दोब्बरले लाभांश बढाएको हो। पुँजी वृद्धिले गत वर्ष लाभांश खुम्चिएकोमा यो वर्षदेखि पुरानै लयमा देखिन थालेको छ।
तपाईको प्रतिक्रिया