logo

मर्चेन्ट बैंकरबीच पनि मर्जर सुरु, प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिन सम्झौता

    1371   पटक पढिएको

३ पुष / अर्थ र व्यापार -  प्रभु क्यापिटल र समृद्धि क्यापिटल गाभिने भएका छन्। नेपाल धितोपत्र बोर्डबाट निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी ब्यवस्थापकको अनुमतीपत्र प्राप्त गरेका संस्थाहरु गाभिन लागेका हुन्।

गाभिने सम्झौतापत्रमा प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले हस्ताक्षर गरेका हुन्।

प्रभु बैकका अध्यक्ष देविप्रकाश भट्टचन,सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितिमा सम्झौता भएको हो। 
मर्जरपछि नाम प्रभु क्यापिटल लिमिटेड हुने छ। मर्जरपछि ८० करोड भन्दा बढी चुक्ता पूँजी हुने छ। 

अहिले मर्चेन्ट बैंकरको संख्या ३१ छ। ठूलो पूँजी सहित सवल संस्थामार्फत प्रतिष्पर्धी सेवा प्रदान गर्ने उद्देश्य सहित मर्जर गर्न लागिएको दुबै संस्थाले जनाएका छन्।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।