logo

सामाजिक सुरक्षा योजना बारे राष्ट्र बैंक : हामीले निर्देशन दिएका होइनौं, सुचना मात्रै दिएको हो

    1298   पटक पढिएको

२ पुष / अर्थ र व्यापार - राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन भन्दै बैंक तथा वित्तीय संस्थाहरुका नाममा पत्र काटेपछि वित्तीय क्षेत्रमा तरङ्गै देखियो। वित्तीय क्षेत्रका कर्मचारी संघले सार्बजनिक विरोध नै गर्यो। उसले सकभर सुविधा पाएकाहरुलाई सामाजिक सुरक्षा कोषमा नलैजान र लग्ने परे थप सुविधा दिनु पर्ने भन्दै गभर्नरलाई पत्र लेखे। 

जबर्ज्स्ति गरेमा आन्दोलन गर्ने घोषणासमेत गरे। यसपछि बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनहरुले पनि सामूहिक रुपमा गभर्नरलाई पत्र लेखे। बैंकर्स संघ, विकास बैंक संघ र फाइनान्स कम्पनी संघले पत्र लेखेर आफ्नो ’रिजर्भेसन’ राखेका थिए।

चौतर्फी विरोध भएपछि राष्ट्र बैंकले आफ्नो भनाइ सुधार गरेको छ। सुरुमा सरकारको नीति कार्यान्वयन गर्नु राष्ट्र बैंकको दायित्व भएको धारण केन्द्रीय बैंकका अधिकारीरुले सार्बजनिक गरिरहेका थिए।

अर्थ र व्यापारसँग कुराकानी गर्दै राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले भने- हामीले निर्देशन दिएका होइनौं। सरकारको तर्फबाट यस्तो आएको छ छ भनेर बैंक तथा वित्तीय संस्थाहरुलाई सुचित मात्र गरेको हो।

पाइरहेको सुविधा खोसिने, सरकारी र निजी क्षेत्रका कर्मचारीबीच विभेद, दोहोरो करलगायतका कारण सामाजिक सुरक्षा कोषमा नजाने वित्तीय क्षेत्रका कर्मचारीहरुको धारणा छ। चौतर्फी विरोधपछि राष्ट्र बैंकले सुचना मात्रै दिएको बताएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।