logo

सजिलैसँग बैंक लुटिन थालेपछि बायोमेट्रिक्समा जाँदै वित्तीय संस्था, हिमालयन बैंकले जडान गर्दै

    1425   पटक पढिएको

२९ मंसिर / अर्थ र व्यापार - विभिन्न ब्यक्तिको चेकबाट रकम झिकिएको घटना सार्वजनिक भएपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले सार्वजनिक रूपमै टिप्पणी गरे- ’हामीले कस्ता कर्मचारी राखेका छौं, तेस्रो ब्यक्तिलाई धमाधम चेक दिने। आज चेक मात्र दिएका छन्, अब बिटाका बिटा पैसा पनि दिनसक्छन्।’

गभर्नर नेपालको टिप्पणी बैंकहरूको कमजोर आन्तरिक नियन्त्रण प्रणाली माथिको ब्यंग्य थियो। ह्याकरले पैसा लुटेका घटनाहरू सार्वजनिक भइरहँदा अर्काको चेकबाट पैसा झिकिएको घटना पनि भयो । एकदमै परम्परागत ढंगको चोरी देखिएपछि गभर्नरले बैंकर्स संघको बार्षिक साधारणसभामा गएर बैंकिङ सुरक्षा जाँचको प्रणालीप्रति आक्रोशत देखाएका थिए।

गभर्नरले भाषण गर्नु ठिक एक साताअघि विभिन्न १९ बैंक तथा वित्तीय संस्थाको चेक दूरुपयोग भएर पैसा झिकिएको थियो। पैसा झिक्नेहरु पक्राउ परिसकेका छन्। यसपटक भएको घटनामा खातावाल बाहेकको मान्छे चेक बुक लिन बैंक गएको छ। तर  कर्मचारीले चेकबुक लिन आएको मान्छे र खातावालको अनुहार ’म्याच’ गरेनन्। खातामा भएको हस्ताक्षर ढड्डामा गर्न लगाए। ढड्डामा हस्ताक्षर मिलेपछि चेक दिएर पठाए र, त्यही चेक दुरूपयोग भएर २० लाख रूपैयाँ लुटियो।

एकदमै परम्परागत शैलीबाट बैंक लुटिन थालेपछि हिमालयन बैंकले भने अबदेखि जोखिम घटाउने प्रविधिको प्रयोग गर्ने भएको छ। बैंकले काउन्टरमा ’बायोमेट्रिक्स’ को ब्यवस्था गर्ने भएको हो। 

’अब हामी चाँडै बायोमेट्रिक्स कार्यान्वयन गर्दैछौं,’ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अर्थ र व्यापारसँग भने, ’यसको अभ्यास हामीले नमुनाका रूपमा गरिसकेका छौं। अब हामी पूर्ण रूपमा कार्यान्वयन नै गर्नेछौं।’

बायोमेट्रिक्स भएपछि चेक लिन जाने ब्यक्तिको फोटो उत्ति नै बेला खिचिन्छ भने उसको ’थम्प प्रिन्ट’ (औंलाको छाप) पनि लिइने छ। यसो हुँदा तेस्रो मान्छे गएर अर्कैको चेक लिन पाउँदैन र पैसा झिक्ने जोखिम पनि रहँदैन।

’यसको सुविधा चेकमा मात्रै होइन। मान्छेले खाता खोल्दा धेरै अघि खिचेको फोटो राखेको हुन्छ, त्यो अपडेट भएको हुँदैन,’ उनले भने, ’उहिले र अहिले मान्छेको स्वरूप नै फेरिइसकेको हुन्छ। उही मान्छे पनि चिन्न सकिँदैन। बायोमेट्रिक्स भएपछि सबै काम स्वचालित हुन्छ। प्रणालीले नै सही र गलत छुट्याउँछ।’

बैंकले केही समयअघि नै नेपाल बैंकर्स संघमा छलफल गरेर अगाडि बढ्ने तयारी गरेको थियो। तर त्यसले साकार रूप लिन पाएन। फेरि बायोमेट्रिक्सको विवरण ’क्लाउड’ मा बस्ने भएकाले त्यसलाई केन्द्रीय बैंकले सुरक्षित मान्दैन। त्यस्तो विवरण जुनसुकै बेला ह्याक गरेर अर्कैले प्रयोग गर्न सक्छ।

’आफ्नै प्रणालीमा विवरण जेनेरेट हुनेगरि हामीले काम गरिरहेका छौं,’ राणाले भने, ’अब हामी राष्ट्र बैंकसँग पनि कुराकानी गर्छौं। स्वीकृति लिएर काम गर्छौं।’

अहिले विदेशी बैंकहरूमा बायोमेट्रिक्स अनिवार्य जस्तै छ। ’आन्तरिक जोखिम कम गर्न यसले ठूलो सहयोग गर्छ,’ उनले भने, ’ढिलो चाँडो सबै बैंकले यो गर्नुपर्छ।’

यता नेपाल इन्भेष्टमेन्ट बैंकले पनि ढिलोचाँडो बायोमेट्रिक्समा जानैपर्ने भएकाले त्यतातिर लाग्ने जनाएको छ। अन्य बैंकहरूमा पनि यस बारेमा छलफल भएको छ। तर तत्कालै कार्यान्वयन गर्न भने हिमालयन बैंकले अग्रसरता देखाएको हो।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।