logo

प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यान्डमार्क होटलमा छुट पाउने

    697   पटक पढिएको


१९ भदौ/अर्थ र व्यापार – प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले दरबार मार्गस्थित ल्यान्डमार्क होटल तथा रिसोर्टमा छुट पाउने भएका छन् । बैंकले होटलसँग छुटसम्बन्धी सम्झौता भएको जनाएको छ ।
सो सम्झौतापत्रमा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेश कुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकार तथा ल्यान्डमार्क होटलका सहायक बिक्री निर्देशक मालती राई श्रेष्ठ तथा कर्पोरेट निर्देशक अमृत ढकालले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौताअनुसार होटलको सेवा तथा सुविधा प्रयोग गरेर बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्य कुनै विद्युतीय प्रणालीद्वारा बिल भुक्तानी गर्दा छुट पाइनेछ । ल्यान्डमार्क होटल तथा रिसोर्टका आवासतर्फ विशेष सस्थागत छुटका साथै खाना तथा पेय पदार्थमा १० देखि १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जानकारी दिएको छ ।
ल्यान्डमार्क होटल तथा रिसोर्टअन्तर्गत चितवन, पोखरा, काठमाडौं, तनहु र भैरहवा लगायतका शाखामा पनि प्रभु बैंकका ग्राहक तथा कर्मचारीले विशेष छुट पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।