logo

बंगलादेश बैंकका शेयरधनीको सुझावस् मर्जरमा नजानुस्, ‘ज्वाइन्ट भेन्चर रहिरहन चाहन्छौं’

    1086   पटक पढिएको

७ पुस / अर्थ र व्यापार - शेयरधनीले नेपाल बंगलादेश बैंकलाई मर्जरमा नजान सुझाव दिएका छन्। संयुक्त विदेशी लगानी रहेको बैंकलाई नेपाल राष्ट्र बैंकले जबर्जस्ती मर्जरमा जान दबाब दिन नहुने उनीहरूको तर्क छ। 
अन्य बैंकहरूसँग मर्जरमा जानुभन्दा आवश्यक परे हकप्रद शेयर निष्कासन गरेर बैंकलाई ठूलो बनाउन उनीहरूले सुझाएका हुन्। बैंकको सोमबार भएको २५औं साधारणसभामा अधिकांश शेयरधनीले मर्जरमा नजान सुझाए पनि केही शेयरधनीले भने मर्जरमा जाने बहानामा स्वाप रेसियो घटाएर बेच्ने काम नगर्न दबाब दिएका थिए। 

लैलैमा लागेर हतारमा मर्जरको निर्णय नगर्न लगानीकर्ताहरूले सुझाएका हुन्। बैंकको कतिपय नउठेको कर्जालाई लिएर उनीहरूले बैंक व्यवस्थापनलाई प्रश्न गरेका थिए। केही समय अगाडि सञ्चार माध्यममा आएका समाचारलाई लिएर बैंकले किन कम धितो मूल्यांकन भएका सम्पत्तिमा कर्जा लगानी गरेको भन्दै जवाफ मागेका थिए। 

लगानीकर्ताको प्रश्न तथा गुनासोलाई सम्बोधन गर्दै अध्यक्ष जलाल अहमदले बैंकले आफ्नो लगानी फिर्ता नलैजाने बताए । आइएफआइसी बैंक आफैं ज्वाइन्ट भेन्चर भएकाले नेपालमा पनि आफ्नो ज्वाइन्ट भेन्चरलाई निरन्तरता दिइरहने उनले प्रष्ट्याए। 

अन्य बैंकहरू जस्तो नेपाल बंगलादेश बैंकलाई मर्जरमा जान सहज नभएकाले आफ्नो व्यापार विस्तारमै केन्द्रीत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।