७ पुस / अर्थ र व्यापार - महालक्ष्मी विकास बैंकले घर ऋणको स्किम ल्याएको छ। बैंकले खरिद तथा निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा योजना ल्याएको हो।
स्किमअन्तर्गत निर्माण लागतको अधिकतम ९० प्रतिशतसम्म ऋण पाइने छ। घर खरिदमा अधिकतम ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ।
कर्जाको अवधि अधिकतम २५ वर्षसम्मको हुने छ। बैंकले ब्याज ११.९९ प्रतिशत कायम गरेको छ। कर्जा शुल्कमा विशेष छुट दिने घोषणा भने गरेको छ।
घर निर्माणमा अग्रिम कर्जा प्रवाह साथै निःशुल्क दुर्घटना बिमाजस्ता सुविधाहरु बैंकले प्रदान गर्ने विज्ञप्तिमा उल्लेख छ। बजारमा हुनसक्ने उतार चढावबाट ऋणीलाई सुरक्षित गर्नका लागि यो योजना अन्तर्गत कर्जा प्रवाह गर्दा निर्धा्रित व्याजदर कर्जा अवधिभर यथावत् रहन सक्ने विज्ञप्तिमा उल्लेख छ। यो विकल्प भने ऋणीले छान्न पाउने छन्।
ऋण सुविधा बैंकका १०२ वटै शाखाहरुबाट उपलब्ध हुने छ।
तपाईको प्रतिक्रिया