चालु आर्थिक वर्षको पहिलो त्रैमासमा प्राइम कमर्सियल बैंकको खुद नाफा ५४.२४ प्रतिशतले बृद्धी भएको छ ।
बिमा समितिले कोरोना बिमाको दावी भुक्तानी ७ दिनभित्र दिन सबै बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
प्राइम कमर्शियल बैंक र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ ।
एनएमबि बैंकले चौबीसै घण्टा, सातै दिन कर्जा सुविधा उपलब्ध गराउने ‘एनएमबि सापटी’ प्रणालीको विकास गरेको छ ।
लक्ष्मी बैंकलाई एडीबीको ट्रेड एण्ड सप्लाइ चेन फाइनान्स प्रोग्राम (टीएससीएफपी) बाट सन् २०२० का लागि नेपालको अग्रणी साझेदार बैंकका रुपमा सम्मान गरेको हो ।
स्ट्यान्डर्ड चार्टड बैंकले आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट सेयर धनीहरुलाई ११.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
पुँजी वृद्धिका लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सेयर जारी गर्ने तयारी गरेको छ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २१.४ मेगावाट क्षमताको न्यादीफिदी जलविद्युत आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा बैंक अफ काठमाडौं, सानिमा र सिभिल बैंकले ऋण लगानी गर्ने सम्झौता भएको हो
सिटिजन्स बैंक इन्टरनेसनलले प्रदेश नम्बर ५ को बुटवलमा रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ ।
प्रहरीले सोमबार चितवनको भरतपुरबाट बैंकिङ कसुरमा दोषी ठहरिएका पञ्चम अकौलिया पक्राउ परेका छन् ।
सानिमा बैंकले दसैंको अवसरमा ‘बिग डिल एट सस्तो डिल’ योजना ल्याएको छ ।
गरिमा विकास बैंकले सर्लाहीको मलंगवामा रहेको सहारा विकास बैंक प्राप्ति गर्ने भएको छ ।
ग्लोबल आइएमइ बैंकले पाल्पाको सत्यवती, रौतहटको कटहरीया र गुल्मीको अर्जेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
एनआईसी एशिया बैंकले अनलाइनमार्फत कर्जा आवेदन दिन सकिने अनलाइन कर्जा आवेदन प्रणाली को व्यवस्था गरेको छ ।
सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन भएको सानिमा इक्विटी फण्डले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
मेगा बैंक नेपालले ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गर्दै किसानहरुलाई ‘मेगा किसान कार्ड’ सिवतरण सुरु गरेको छ ।
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिसेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ।
सिद्धार्थ बैंकले ३ अर्व बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले चार अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका् लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
सहकारी संस्थाहरुले कात्तिक १५ गतेदेखि ऋणको ब्याजदर १४.१५ प्रतिशतभन्दा बढी लिन नपाउने भएको छ ।
नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट ऋण लिन सकिने ‘फोन लोन’ सुविधा सुरु गरेको छ । नबिल बैंकको स्मार्टबैंक प्रयोगकर्ताहरुले यो सुबिधा लिन सक्ने छन् । प्रयोगकर्ताहरुले मोबाइलबाटै बिना धितो आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण लिइसक्ने छन् । यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध हुने बैंकले जनाएको छ ।
नविल बैंकले चाडपर्व योजना सार्वजनिक गर्दै निक्षेपलाई प्रोत्साहान दिने कर्जा पनि सस्तो ब्याजदरमा उपलब्ध गराउने गरी आकर्षक योजना सार्वजनिक गरेको छ । यस योजना अन्र्तगत
आगामी चैत्र १५ पछि अर्थात करिब डेढ महिनापछि निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । अजोड इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि गत माघ २० गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले थप कागजात मगाएर अध्ययन गर्ने काम भइरहेको जनाएको छ ।
स्पर्स लघुवित्त वित्तीय संस्थाले आ.व २०७६र२०७७ माघ मसान्त सम्मको समिक्षा तथा धितो कर्जा तालिम सम्पन्न गरेको छ । पोखरामा फागुन ३ गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रगर शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ ।