logo

एलआईसी नेपालले सार्वजनिक ग¥यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

    1285   पटक पढिएको

६ मंसिर/अर्थ र व्यापार – लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । 
समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को आर्थिक स्थितिको लेखाजोखा दर दायित्व मूल्याङ्कन बीमांकीय प्रतिवेदन स्वीकृत गरेपछि बोनस दर सार्वजनिक गरिएको इन्स्योरेन्सले जनाएको छ । यससँगै कम्पनीले प्रतिहजार बीमाङ्कमा वार्षिक न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दर वितरण गर्ने भएको छ ।
कम्पनीले आफ्ना विभिन्न १० वटा बीमा योजनाको बोनसदर सार्वजनिक गरेको हो । इन्स्योरेन्सले सावधिक, जीवन विद्या र जीवन साथी यी तीन वटै बीमा योजनामा प्रतिहजार न्यूनतम ५४ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनसदर तोकेको छ ।
त्यस्तै, जीवन आनन्द र बाल सवाधिक दुबै योजनामा न्यूनतम ५५ देखि अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ । त्यसैगरी, धन वृष्टिमा प्रतिहजार ५५ रुपैयाँ, धन फिर्ता योजनामा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ, बाल ममता र बाल स्नेह योजनामा न्यूनतम ५५ देखि अधिकतम ६० रुपैयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जानकारी गराएको छ ।
त्यस्तै, जीवन तरंग योजनाको १० वर्षे अवधिको ५६ रुपैयाँ, १५ वर्षे अवधिको ५८ रुपैयाँ र २० वर्षे अवधिको ६७ रुपैयाँ बोनस दर तोकिएको छ । त्यसैगरी, जीवन बचत योजनाका बीमितिले न्यूनतम ४५ र अधिकतम ६६ रुपैयाँ बोनसदर पाउने भएका छन् । 
जसअन्तर्गत ५ देखि ९ वर्षे अवधिसम्मलाई ४५ रुपैयाँ, १० देखि १४ वर्षे अवधिलाई ४८, १५ देखि १९ वर्षे अवधिलाई ५३ रुपैयाँ, २० देखि २४ वर्षे अवधिलाई ५७ र २५ वर्षभन्दा माथिकोलाई ६६ रुपैयाँ बोनस दर कायम गरिएको छ । यो नयाँ बोनसदर बीमा समितिबाट अर्को व्यवस्था नभएसम्मको लागि लागू हुने सो इन्स्योरेन्सले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।