६ मंसिर /अर्थ र व्यापार– नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बैंकले शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ४०८.४९ रुपैयाँ कायम गरिएको हो ।
यसअघि प्रति शेयर मुल्य ४६० थियो । समायोजन गरिएको मूल्यबाट सोमबारदेखि शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।
तपाईको प्रतिक्रिया