२२ कात्तिक/ अर्थ र व्यापार – बैंक अफ बैंक अफ काठमाण्डुको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवणलाल मास्के नियुक्त भएका छन् । बैंकको बोर्ड बैठकले मास्केलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो ।
यसअघि उनले सो बैंकमा कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यबहाक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीको तीन महिना पुगेपछि बैंक सञ्चालक समितिले मास्केलाई नयाँ सिईओमा बढुवा गरेको हो।
विगत तीन दशकअघि नबिल बैंकबाट बैंकिङ सेवा सुरु गरेका मास्केको नियुक्तिसंगै बैंकले बैंकिङ सेवामा थप उचाई हासिल गर्ने अपेक्षा गरिएको सो बैंक सञ्चालक समितिले जनाएको छ । बैंक सञ्चालक समितिले उनलाई गत १७ कात्तिकबाटै लागू हुने गरी सिईओ नियुक्त गरेको हो । हाल यस बैंकका ९१ शाखा, ८१ एटिएम र १० वटा एक्सटेन्सन काउन्टर छन् ।
तपाईको प्रतिक्रिया