२५ कात्तिक /अर्थ र व्यापार – नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी १७ मंसिरमा साधारणसभा आव्हान गरेको छ । बैंकले गत वर्षको नाफाबाट १२.६१ प्रतिशत बोनस र ३.३८ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई साधारणसभामा प्रस्तुत गर्ने जनाएको छ ।
यसैगरी, सो बैंकको साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट ४ जना सञ्चालक चयन गर्ने बताइएको छ । यसबाहेक बैंकको अधिकृत पुँजी साढे १८ अर्ब पु¥याउने प्रस्ताव प्रस्तुत गरिने बैंकले जनाएको छ ।
त्यसैगरि, सोही साधारण सभाले हिमालयन बैंकसँगको मर्जरका विषयलाई टुंगोमा पु¥याउन सञ्चालक समितिलाई जिम्मेवारी दिने निर्णय गर्ने बताईएको छ ।
तपाईको प्रतिक्रिया