logo

नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित

    1007   पटक पढिएको

२४ कात्तिक / अर्थ र व्यापार – नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । 
संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्याएको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसैगरि, संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।
त्यसैगरि, संघको सदस्यमा मेगा बैंककी सिईओ अनुपमा खुञ्जेली, नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका सिईओ अजय बिक्रम शाह, सनराइज बैंकका सिईओ सुमन शर्मा, नेपाल एसबिआई बैंकका सिईओ दिपककुमार देव, माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोईराला र एनआइसी एशिया बैंकका सिईओ रोशनकुमार न्यौपाने चयन भएका छन् । यस्तै, संघका पुर्व अध्यक्षहरू ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिशकेशरी शाह, अशोक शम्सेर राणा सल्लाहकारमा रहेका छन् । 
सो कार्यक्रममा नेपाल राष्ट्र बैैकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंकहरु एग्रेसिभ हुँदा बैंकिङ प्रणालीमा समस्या आएको बताए । गभर्नर अधिकारीले चालु आवको शुरुमै निजी क्षेत्रमा गएको कर्जाका कारण तरलतामा चाप परेको बताए । ‘चालु आवको शुरुमै ३२ प्रतिशत क्रेडिट चाप बढेको थियो र बैंकहरुले घाँटी हेरेर हाड ननिलेका कारण समस्या आएको हो’ उनले भने ।
यसैगरि, उनले यस समयमा रेमिट्यान्स नबढेको र पुँजीगत खर्च पनि कम भएकाले तरलतामा चाप परेको बताए । उनले ब्याजदर समय अनुकुल बनाएर वित्तीय अवस्था स्वस्थ बनाउन समेत बैंकहरुलाई आग्रह गरे । प्रतिस्पर्धाबाट मूल्य तय हुनुपर्ने त्यसको लाभ सबै ग्राहकले पाउनुपर्ने उनको भनाई थियो । 
बैंकको भूमिका सहजकर्ताको हुनुपर्ने र अस्वस्थ प्रतिष्पर्धा नगर्न समेत उनले आग्रह गरे । उनले तत्कालै नाफा नखोज्ने, नियममा लुपहोल नखोज्न र दीर्घकालीन सोच राखेर काम गर्न सुझाव दिए । उनले तरलता अलिकति अभाव हुँदा नआत्तिन समेत आग्रह गरे । गभर्नर अधिकारिले बैंकिङ क्षेत्रको वृद्धिदर आर्थिक क्षेत्रको वृद्धिदरसँग मेल खानु आवश्यक भएको समेत जानकारि गराए । 
नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले यसबिच ठुलो समस्याका बाबजुद व्यवसायीले ब्याजदरमा रहेको स्प्रेडको कारण लाभ लिन सकेको बताए । उनले बैंकरहरुलाई कानुनले तर्साएकोले सो वातावरण अन्त्य हुनुपर्ने बताए । बैंकिङ कसुर सम्बन्धी कानुनका कारण बैंकरहरु त्रसित भएको बताउँदै दाहालले भने, ‘ मौद्रिक नीति मार्फत त्यसमा संशोधन हुनेमा बैंकरहरु आशावादी रहेका छन् ।’ 
सोही कार्यक्रममा संघले सम्मान गरेका सम्मानित व्यक्तित्वका रूपमा आफ्नो मन्तव्य राख्दै अर्थविद् डा. शंकर शर्माले नेपालको आर्थिक क्षेत्रको सुधार गर्ने क्रममा आफूलाई राष्ट्र प्रमुख, प्रधानमन्त्रीदेखी ठुला राजनीतिक दलका नेताहरूले समयमा नै ऋण नतिर्ने खराब नियत भएका व्यवसायीलाई कारबाही नगर्न दबाब दिएको खुलासा गरे । उनले राष्ट्र बैंकलाई सरकारले दबाब दिने, नियन्त्रणमा राख्न खोज्ने, निर्देशन दिने काम सही हो वा गलत हो भन्ने विषयमा बहसको खाँचो रहेको बताए । यसैगरि,उनले बैंकिङ क्षेत्रको जोखिमलाई निरन्तर रूपमा हेर्नुपर्नेमो जोड दिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।