logo

ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक , कृषि मन्त्रालयसँगको सहकार्यमा ‘रिड’ परियोजना सार्वजनिक

    1077   पटक पढिएको

५ मंसिर/ अर्थ र व्यापार – नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो । 
सो सम्झौतामा कृषिमन्त्री महेन्द्र राय यादव र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर फरिस हदाद जर्भसले हस्ताक्षर गरेका हुन् । यस परियोजनामार्फत नेपालको ग्रामीण भेगमा कृषि क्षेत्रलाई स्थानीय बजारसम्म लिंक गराई पर्याप्त उद्यमशीलता तथा रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । 
यसले कोभिडपछिको पुनर्उत्थानलाई पनि सहयोग पुग्ने बताइएको छ । ८० मिलियन डलर अर्थात् हालको विनिमय दरअनुसार ९ अर्ब ५२ करोड ६४ लाख रुपैयाँ विश्व बैंकको ऋणमा सञ्चालित हुने उक्त परियोजना आगामी चार वर्षसम्म काम गर्नेछ ।
यस परियोजनाले नेपालका ग्रामीण भेगमा उत्पादन गरिएका कृषि उपजलाई त्यहाँकै साना साना बजारसम्म पु¥याउन सहयोग पुग्ने मन्त्री यादवले बताए । कार्यक्रममा बोल्दै उनले अब ग्रामीण भेगमा उत्पादन गरिएका कृषि उपजलाई बजारको अभाव नहुने जानकारीसमेत दिए  । यो परियोजनाले साना पेसा, व्यवसायमा लागेका कृषक तथा व्यवसायीहरूलाई समेत सहयोग पुग्ने उनको भनाइ थियो ।
रिड परियोजनाले प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका निश्चित नगरपालिकालाई केन्द्रित गरी पाँचवटा आर्थिक करिडोर निर्माण गर्नेछ । जसले ग्रामीण भेगका अन्य उद्यमीलाई समेत जोड्न सहयोग पु¥याउनेछ । परियोजनाले ग्रामीण भेगमा कृषि उत्पादन वृद्धिसँगै ५ हजार ७ सय जनालाई रोजगारीसमेत सिर्जना गर्ने बताइएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।