१२ कात्तिक/अर्थ र व्यापार – सिटिजन्स बैंक इन्टरनेशनलको ९१ लाख ४८ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । सिर्जना फाईनान्सलाई प्राप्ति पश्चात बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।
बैंकले सिर्जना फाइनान्सलाई १ बराबर ०.९५ को अनुपातमा प्राप्ति गरेको हो । प्राप्ति प्रश्चात हुन आएको प्रतिसेयर अंकित तथा चुक्ता मूल्य एक सय रुपैयाँ दरको सो मात्राको सेयर कार्त्तितक १२ गते नेप्सेमा थपिएको हो ।
यससँगै उक्त सेयर आगामी आइतबारदेखि दोश्रो बजारमा किनबेच गर्न पाइने छ । यसअघि संस्थाको १३ करोड १६ लाख ७९ हजार ६०० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ ।
तपाईको प्रतिक्रिया