२३ कात्तिक / अर्थ र व्यापार – प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस र ०.६३१३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कुल १६.६३१३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंक कम्पनी सञ्चालक समितिको बैठकले यस्तो लाभांश दिने निणर्य गरेको हो । सोही बैठकले आर्थिक वर्ष २०७७÷७८ को वितरणयोग्य मुनाफा रकमबाट शेयरधनीलाई हाल कायम रहेको चुक्ता पूँजी .१६ अर्ब ८ करोड ३० लाख ३६ हजार ९ सय रुपैयाँको १६ प्रतिशत अर्थात २ अर्ब ५७ करोड ३२ लाख ८५ हजार ९ सय ४ बराबरको बोनस शेयर तथा ०.६३१३ प्रतिशत अर्थात १० करोड १५ लाख ३२ हजार २ सय ११.९५ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गर्ने निर्णय गरेको हो।
बैंक सञ्चालक समितिले निर्णय गरेको सो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि साधारणसभाको छलफलमा समावेश गरिनेछ । प्रस्ताव गरिएको लाभांश वार्षिक साधारण सभाबाट पारित भएपछि योग्य शेयरधनीले दाबी गर्न पाउनेछन् ।
तपाईको प्रतिक्रिया