१५ कात्तिक / अर्थ र व्यापार – ग्लोबल आइएमई बैंकको नाफा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७८/ ७९ को पहिलो त्रैमासमा बैंकले एक अर्ब ११ करोड २२ लाख रुपैयाँँ खुद नाफा आर्जन गरेको छ ।
यो गत आर्थिक वर्ष २०७७/ ७८ को पहिलो त्रैमासको तुलनामा ५.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ग्लोबल आइएमई बैंकले एक अर्ब ५ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।
बैंकको नाफामा वृद्धि भएपनि प्रतिशेयर आम्दानी भने बढ्न सकेन । यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ३२ पैसाबाट १ रुपैयाँ ७५ पैसाले घटेर २० रुपैयाँ ५७ पैसामा झरेको छ ।
तपाईको प्रतिक्रिया