logo

नबिल बैंक १८ औं हस्तकला व्यापार मेलाको आधिकारिक बैंकिङ पार्टनर

    1327   पटक पढिएको

३ कात्तिक / अर्थ र व्यापार – नबिल बैंकले शुक्रबारदेखि सुरु भएको नेपाल हस्तकला महासंघको आयोजनामा आगामी आइतबारसम्म काठमाडौको हयात रिजेन्सी होटल सञ्चालित  १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा महासंघसँग साझेदारी गरेको छ । 
नबिल बैंकको तर्फबाट एसएमई तथा माइक्रोफाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले सो साझेदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल हस्तकला महासंघ सँगको सम्बन्धलाई निरन्तरता दिंदै यस वर्षसमेत नबिल बैंकले महासंघको यस कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने निर्णय गरेको छ । महासंघ सँग बैंकको यो तेस्रो सहकार्य हुनाका साथै मेक इन नेपाल अन्तर्गत नेपाली उत्पादनलाई सहयोग एवं प्रोत्साहन गर्ने नबिल बैंकको पहल तथा बैंकको दिगो बैकिङ्ग दृष्टिकोण अनुरुप यो साझेदारी गरिएको हो । यो साझेदारीले नेपालमा हस्तकला क्षेत्रको विकासमा सहयोगी बैंकको रुपमा नबिल बैंकको प्रतिबद्धतालाई झल्काउँदछ ।
एउटै छाताभित्र हस्तकला व्यवसाय प्रवद्र्धन गर्ने उदेश्यले आयोजना गरिएका यस्ता कार्यक्रममा आधिकारिक बैंकिङ्ग पार्टनरको रुपमा सहभागी हुन पाउँदा र्गवभान्वित महसुश गरेको बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभागका प्रमुख नीरज कुमार बस्नेत डनिलले बताए  । यसैगरि, उनले यस वर्ष कोभिड १९ महामारीबाट प्रभावित हस्तकला व्यवसायलाई पुर्नरुत्थान गर्न आर्थिक पहुँच पु¥याई दक्ष जनशक्तिको रोजगारी सुनिश्चित गर्न सहयोग हुने बताए ।
नेपाली हस्तकला उद्यम र व्यवसाय प्रर्वद्धनका लागि आयोजना गरिने राष्ट्रिय स्तरका व्यापार मेलाहरुमा हस्तकाला महासंघसंग नबिल बैंकले निरन्तर रुपमा गर्दै आएको सहयोग र सहकार्यले उद्यमि एवं सबै हस्तकला व्यवसायलाई थप उर्जा र हौसला प्रदान गरेको नेपाल हस्तकला महासंघका महानिर्देशक तारक थापाले बताए । आगामी दिनमा समेत नबिल बैंकबाट निरन्तर सहयोग र सहकार्य हुने अपेक्षा गरिएको उनले बताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।