१५ कात्तिक / अर्थ र व्यापार – चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा २३.७६ प्रतिशतले वृद्धि भएको छ । सोमबार बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार तीन महिनामा बैंकले ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । बैंकले १ अर्ब ११ करोड ११ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
तीन महिनामा बैंकले १ खर्ब ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३८ अर्ब ९ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात घटेर ०.५८, आधार ब्याजदर ७.०१, स्पेडदर २.६४ देखिएको छ ।
तपाईको प्रतिक्रिया