logo

कुमारी बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनामाथि अनुसन्धान शुरु ,राजीनामा दिन चौतर्फी दबाब

    1313   पटक पढिएको

५ मंसिर /अर्थ र व्यापार – कुमारी बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनामाथि १९ करोड ऋण प्रकरणको विषयमा अनुसन्धान शुरु भएको छ ।
गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड ऋण निकालेका थिए । बैंकले धितोमा राखेको जग्गा नक्कली भएको भेटिएपछि महर्जनको अर्को जग्गा धितो राखेर ऋण उठाएको थियो । यो प्रकरणमा बिचौलियाको भूमिकामा रहेका कुसन महर्जन र तिमिल्सिनाको सम्बन्ध समेत भेटिएको छ । नक्कली धितो राखेर ऋणीले ऋण लिएपछि बैंकले प्रहरीलाई खबर गर्नुपर्ने थियो । तर,कुमारी बैंकले यो घटना लुकाउन खोजेको थियो । गायक योगेश्वर अमात्यले आफ्नो जग्गा धितो राखेर अरुले ऋण लिएको भन्दै प्रहरीमा उजुरी गरेपछि मात्र घटना बाहिर आएको थियो ।
अहिलेसम्मको अनुसन्धानको क्रममा कामू प्रमुख कार्यकारी अधिकृत रहेको तिमिल्सिनाले कमजोरी गरेको भेटिएको छ । ‘अहिलेसम्मको अनुसन्धानले तिमिल्सिना आफै संलग्न भएको पुष्टी नभएपनि उनले लापरवाही गरेको भेटिएको प्रहरीले जनाएको छ । 
अनुसन्धानलाई सहयोग गर्नको लागि तिमिल्सिनाले पद छाड्दा राम्रो हुन्छ,’राष्ट्र बैंक स्रोतले भन्यो । बैंकका सञ्चालक समितिले पनि तिमिल्सिनालाई राजीनामा दिएर अनुसन्धान प्रक्रियालाई सहयोग गर्न भनेका छन् । कुमारी बैंकमा गत साउनदेखि तिमिल्सिना कामू सीइओको जिम्मेवारीमा छन् । साउनमा नै सो ऋण प्रवाह भएको भेटिएको छ । योगेश्वर अमात्यको जग्गा धितो राखेर ऋण लिने महर्जन र गौतम घरजग्गा व्यवसायमा संलग्न रहेको भेटिएको छ । 
कुमारी बैंकका कामू तिमिल्सिनालाई प्रहरीले २ पटकसम्म वयानका लागि बोलाएको थियो । अहिले नेपाल राष्ट्र बैंकले समेत कुमारी बैंकमा १९ करोड ऋण प्रकरणको विषयमा स्थलगत अध्ययन गरेको जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।