logo

सिटिजन लाइफ इन्स्योरेन्स बन्यो डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी 

सिटिजन लाइफ इन्स्योरेन्स डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी बनेको छ ।

२०७८ पौष १४

आइएमई लाइफले कर्मचारीहरुलाई दियो सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम

आइएमई लाइफ इन्स्योरेन्सले लुम्बिनी , कर्णाली र सुदुर पश्चिम प्रदेश कार्यालय अन्तर्गत कार्यरत कर्मचारीको लागि सम्पति शुद्धीकरण निवारण तथा आंतककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न गरेको छ  ।

२०७८ पौष १३

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका विभिन्न १२ विधा मध्ये आइसिटीमा योगदान गर्ने महिलालाई सम्मान गर्ने वुमन आइकन आइसिटी अवार्ड विधामा प्रधानले यो पुरस्कार जितेकी हुन् ।

२०७८ पौष ४

ग्लोबल आइएमई लघुवित्तको २८ प्रतिशत लाभांश पारित, साधारणसभा सम्पन्न

ग्लोबल आइएमई लघुवित्तको प्रस्तावित २८ प्रतिशत लाभांश पारित भएको छ । मंगलबार सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

२०७८ मंसिर २८

मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेसका चन्द्र टण्डन निर्वाचित

नेपाल मुद्रा विप्रेषक संघको अध्यक्षमा सिटी एक्सप्रेस मनीट्रान्सफरका चन्द्र टण्डन निर्वाचित भएका छन् । काठमाडौमा सम्पन्न १६ औं वार्षिक साधरसभाले संघको अध्यक्षमा टण्डनलाई निर्वाचित गरेको हो ।

२०७८ मंसिर २६

प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ता तालिम सम्पन्न

प्रभु इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न भएको छ । कम्पनीले कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ मा व्यवस्था भए बमोजिम आफ्नो कार्य क्षेत्र तोकिएका सम्पूर्ण जिल्लाहरुमा तालिम सम्पन्न गरेको हो ।

२०७८ मंसिर २६

गोर्खा ब्रुअरीले ल्यायो नेपालमै पहिलो विन्टर वार्मर बियर

गोर्खा बु्रअरीले नेपालमा जाडो मौसमलक्षित पहिलो विन्टर वार्मर बियर फायर मून ल्याएको छ । यो विन्टर वार्मर बियर नेपालमा कठ्याङ्ग्रिने जाडोका लागि उपयुक्त हुने ब्रुअरीले दाबी गरेको छ ।

२०७८ मंसिर २३

चेम्बर र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनबीच भयो छात्रवृत्ति दिने समझदारी 

नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक तह बीबीएम इ बिजनेस बिषयमा अध्ययनरत ४९ जना विद्यार्थीलाई छात्रवृत्ति  दिने भएका छन् । प्रत्येक प्रदेशमा बीबीएम इ बिजनेश पढ्न चाहाने एक जना छात्रालाई पूर्ण निशुल्क, १४ जना विद्यार्थीलाई ट्युसन फीमा शत प्रतिशत  र बाँकी २८ जनालाई ५० प्रतिशत छुट दिने गरि फाउण्डेशन र चेम्बरबीच समझदारीपत्रमा हस्ताक्षर  भएको हो । 

२०७८ मंसिर २२

एनसेल र राकुटेन भाइबरबीच साझेदारी

एनसेल आजियाटा र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप यूट्युव, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछ ।

२०७८ मंसिर २१

चितवन महोत्सवको मुख्य प्रायोजक बन्यो टेस्ला

टेस्ला एयर कन्डिसनर १३ औं चितवन महोत्सवको मुख्य प्रायोजक बनेको छ । आगामी २५ पुसदेखि ४ माघसम्म चितवनको नारायणी नदी किनारमा हुने महोत्सवमा टेस्ला प्रमुख प्रायोजक बनेको हो ।

२०७८ मंसिर २१

२०औं वार्षिकोत्सव मनाउँदै मेटलाइफ 

मेटलाइफ नेपालले स्थापनाको २०औं वार्षिकोत्सव मनाउँदै छ । २०५८ साल मंसिरमा पहिलो पटक नेपालमा कार्य सञ्चालन गरेको मेटलाइफले यो साता स्थापनाको २० वर्ष मनाउन लागेको हो । सञ्चालनदेखि नै मेटलाइफले थुप्रै बीमा सेवा तथा सुविधाहरुको शुरुवात, प्रतिभा विकासमा टेवा, तथा देशभरि छरिएका धेरै मानिसहरुलाई लघुबीमा मार्फत वित्तीय सुरक्षाबाट लाभान्वित गराई नेपालमा बीमा क्षेत्रको विकास र उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

२०७८ मंसिर २०

यामाहा रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्ज 

रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको सर्व विदितै छ ।

२०७८ मंसिर १९

होन्डाको नयाँ एमेज कार नेपाली बजारमा

नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले होन्डाको एमएमसी एमेज २०२१ कार नेपाली बजारमा सार्वजनिक गरेको छ ।

२०७८ मंसिर १९

डाबर नेपाल, इसीमोड, र तालकोल्लाबीच टिमुर खेती गर्ने सम्झौता 

वन पैदावारको संरक्षण गर्दै उत्पादकत्व बढाउने उद्देश्यले बैतडीमा टिमुर खेती गरिने भएको छ । यसका लागि इसीमोड, डाबर नेपाल र तालकोल्लाबीच त्रिपक्षीय समझदारी भएको हो ।

२०७८ मंसिर १९

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९६ लाख कित्ता सेयरको ९६ करोड वरावरको प्राथमिक सेयर निश्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ ।

२०७८ मंसिर १७

आईएमई डबलको डबलको डबल अफरका विजेताले पाए १२ लाख ५२ हजार ४६४ रुपैयाँको चेक

रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमई मनिट्रान्सफरले प्रदान गरेको ‘आइएमई डबलको डबलको डबल अफर’योजनाको बम्पर बिजेताले पुरस्कार रकम पाएका छन् ।

२०७८ मंसिर १३

फागुनबाट मनकामना केवुलकारले टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने, ३५ करोड रुपैयाँ लगानी

मुलुककै पहिलो केबलबार सेवा प्रदायक कम्पनी चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा संचालित मनकामना केवुलकारले आगामी फागुनबाट मनकामना केवुलकारको टप स्टेशनमा रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ । सो रिसोर्ट करिब ३५ करोड रुपैयाँ भन्दाबढी लगानीमा सञ्चालनमा ल्याउन लागिएको हो । 

२०७८ मंसिर ८

नागरिक लगानी कोषले दियो एक करोड ६८ लाख कोभिड मुत्युदावी भुक्तानी

नागरिक लगानी कोषले विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९ ) को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई एक करोड ६८ लाख रुपैँया भुक्तानी गरेको छ ।

२०७८ मंसिर ८

एनसेलको स्वास्थ्य कार्यक्रमले पायो दुई अन्तर्राष्ट्रिय अवार्ड

एनसेल आजियाटा लिमिटेडले ग्रामिण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न संचालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम दुई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यो कार्यक्रमका लागि एनसेल विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ बाट सम्मानित भएको हो ।

२०७८ मंसिर ७

एसजी ग्रुपद्वारा ग्यास प्रयोगबारे सचेतना फैलाउन कलाकारद्दोय दीपक र दीपालाई बनायो ब्रान्ड एम्बेसडर

खाना पकाउने एलपी ग्यास क्षेत्रमा सबैभन्दा बढी लगानी गरेको एसजी ग्रुपले कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलालाई ब्रान्ड एम्बेसडर नियुक्ति गरेको छ । ग्यास उद्योग क्षेत्रमै पहिलोपटक ब्रान्ड एम्बेसडर नियुक्त गरेको ग्रुपले ग्यास प्रयोगबारे सचेतना वृद्धि गर्न कलाकारद्वय गिरी र निरौलासँग सहकार्य गर्ने जनाएको छ ।

२०७८ मंसिर ५

कर्मचारी संचयकोषले थाल्यो जग्गा खरिद सापटीकर्जा

कर्मचारी संचयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा शुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् । कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा शुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए ।

२०७८ मंसिर ५

आईएमईको ‘डबलको डबलको डबल’ बम्पर उपहार, डेढ लाख पठाउने दाहालले पाए साढे १२ लाख

रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमईको डबलको डबलको डबलको बम्पर’ उपहार पाउने विजेता घोषणा गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रम मार्फत विजेता घोषणा गरेको हो । जसमा दुबईबाट आफ्ना परिवारलाई आइएमई मार्फत् १ लाख ५६ हजार ५५८ रुपैयाँ रेमिट्यान्स पठाउने दोखलाका जीवेश दाहालले आईएमईको बम्पर उपहार प्राप्त गरेका छन् । विजेता दाहालले सो बम्पर उपहार अन्तर्गत १२ लाख ५२ हजार ४६४ रुपैयाँ प्राप्त गरेका हुन् ।

२०७८ मंसिर २

ज्योति लाईफ इन्स्योरेन्सको लाभांश घोषणा 

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

२०७८ कार्तिक १५

चन्द्रागिरिका महाप्रबन्धक शाह वर्ल्ड बुक अफ रेकर्डस्बाट सम्मानित

चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाह सम्मानित भएका छन् ।  बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्डस्ले हस्पिटालिटी र पर्यटन क्षेत्रमा पु¥याएको योगदानकालागि शाहलाई सम्मान गरेको हो ।

२०७८ कार्तिक १४

एनसेल वर्ल्ड कम्युनिकेसन अवार्डको दुई विधाबाट सम्मानित

एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को दुई विधा ‘द सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’मा पुरस्कार जित्न सफल भएको छ । गत ९ कात्तिकमा आयोजना भएको टोटल टेलिकम कंग्रेसको एक कार्यक्रम माझ अवार्ड विजयताको घोषणा भएको थियो ।

२०७८ कार्तिक १४

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.