logo

हिमालयन जनरल र एभरेष्ट इन्स्यारेन्सले गरे मर्जर सम्झौता

    1211   पटक पढिएको

२३ बैशाख/अर्थ र व्यापार – हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीम मर्जरमा जाने सहमति भएको छ । दुई कम्पनीहरुबीच १ बराबर १ सेयर स्वाप रेसियो हुने गरी मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यी दुई कम्पनीहरुको सम्झौता बीमा क्षेत्रमै पहिलो हो ।
यस अघि पनि बीमा कम्पनीहरु बीच मर्जरको चर्चा चले पनि सहमति पत्रमा हस्ताक्षर भने हुन सकेको थिएन । यी दुई कम्पनीहरु मर्जरको जानुको प्रमुख कारण भने बीमा समितिले ल्याएको पूँजी वृद्धिको योजना हो ।
बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरुका लागि २ अर्ब ५० करोड रुपैयाँ पूँजी पु¥याउनुपर्ने व्यवस्था गरेको छ । पूँजी वृद्धिका लागि समितिले एक वर्षको समय दिएको छ । हाल जीवन बीमा कम्पनीहरुको २ अर्ब र निर्जिवन बीमा कम्पनीहरुको अर्ब रुपैयाँमात्रै चुक्ता पूँजी तोकिएको छ ।
मर्जर भएपछि पनि यी कम्पनीको पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँमात्रै पुग्ने छ । अहिले हिमालयन जनरलको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ र एभरेष्ट इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ ।
चालु आर्थिक वर्षको मूनाफाबाट बोनस सेयर दिए पछि भने बीमा समितिले तोके अनुसारको पूँजी पुग्ने सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।