४ साउन/अर्थ र व्यापार – समृद्धि फाइनान्स र पोखरा फाइनान्स गाभिने भएका छन् । दुवै संस्थाबीच आइतबार पोखरामा मर्जर सम्झौता भएको हो ।
दुवै कम्पनी बराबरी हैसियतमा गाभिन सहमत भएका हुन् । सबै नियामकीय प्रक्रियाहरु पुरा गरेर मंसिरसम्म एकीकृत कारोबार थाल्ने दुवैको योजना छ ।
मर्जर सम्बन्धि समझदारी पत्रमा समृद्धि फाइनान्सका तर्फबाट संयोजक सुदीप घिमिरे र पोखराका संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । दुवै कम्पनीबाट तीन÷तीन जना मर्जर समितिमा छन् ।
मर्जरपछि अध्यक्ष समृद्धि फाइनान्सबाट हुनेछन् । सञ्चालक समितिमा ४ जना समृद्धि र ३ जना पोखरा फाइनान्सबाट सदस्य हुने छन् । प्रमुख कार्यकारी अधिकृतका बारेमा अहिले निर्णय गरिएको छैन । मर्जरपछि नाम भने ‘पोखरा फाइनान्स लिमिटेड’ हुने छ ।
सम्पूर्ण सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) को काम ६० दिनभित्र सक्ने सम्झौता भएको छ । डीडीएमा २०८२ असार मसान्तको वित्तीय विवरणका आधारमा गरिने सो कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया