logo

प्रभु इन्स्योरेन्सको साधारण सभाबाट १८ प्रतिशत लाभांश पारित

    507   पटक पढिएको


२५ साउन/अर्थ र व्यापार – प्रभु इन्स्योरेन्सले आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको २९ औं वार्षिक साधारणसभाले इन्स्योरेन्सले घोषणा गरेको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले आर्थिक तथा बजारको प्रतिकूल परिस्थितिमा समेत कम्पनीले गत आर्थिक वर्षमा कम्पनीबाट उच्चतम नाफा आर्जन गर्दै सेयरधनीहरूलाई आकर्षक प्रतिफल प्रदान गरेको जानकारी गराए ।
उनले मुनाफा वितरणको उच्चतम उपलब्धिले प्रभु इन्स्योरेन्सलाई बजारमा थप सुदृढ र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको बताए ।

कम्पनीका अध्यक्ष मल्लका अनुसार प्रभु इन्स्योरेन्सले नियमनकारी निकायको पूर्ण पालना गर्दै, आन्तरिक सुशासनलाई सुदृढ बनाउन विभिन्न नीतिगत सुधार र दीर्घकालीन रणनीतिक योजना अघि बढाइरहेको छ ।
ग्राहकलाई छिटो, छरितो र सहज सेवा उपलब्ध गराउने उद्देश्यले प्रभु इन्स्योरेन्सले अत्याधुनिक डिजिटल ट्रान्सफर्मेसन प्रविधि लागु गरिसकेको उनले जानकारी गराए ।
डिजिटल माध्यमबाट नै दाबी भुक्तानी प्रक्रिया, पोलिसी नवीकरण, तथा अन्य बीमा सेवाहरूलाई अझ सरल र प्रभावकारी बनाएको जानकारी गराउँदै मल्ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले समाजसँग प्रत्यक्ष सम्बन्ध राखी समुदायको दिगो विकासमा योगदान पु¥याउने कार्यलाई प्राथमिकता दिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।